महिला दिवसको पूर्वसन्ध्यामा छात्राहरु लाई साईकल वितरण

अन्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा कञ्चनपुुरका सामुदायीक विद्यालयका छात्राहरलाई साईकल वितरण गरिएको छ । शनिबार भीमदत्त नगरपालकाका ८ वटा सामुदायिक विद्यालयका ४० जना विपन्न, दलित र जेहेन्दार छात्रालाई साइकल हस्तान्तरण गरिएको हो ।
एका तिर दुर्गम क्षेत्रका छात्राहरुलाई समयमै विद्यालय पुग्न सहज हुने र अर्को तर्फ ‘दिगो विकासका लागि जलवायु परिवर्तन नियन्त्रण र वातावरणमैत्री शहर बनाउनको लागि साईकल वितरण गरिएको यूएनडिपीका सुदूरपश्चिम प्रदेश प्रमुख वैजन्ती गिरी सिंहले वताउनु भयो । विपन्न वर्गका छात्राहरुको उच्च शिक्षामा पहँुच पुगोस र ठुला तथा विलासिताका सवारी साधनहरुले दिनानुदिन प्रदुषित हुदै गएको वातावरण लाई स्वच्छ र हराभरा राख्न समेत साईकलको उपयोग जरुरी भएको हुदा विभिन्न संघ संस्थाहरुको सहयकार्यमा यो कार्यक्रम अयोजना गरिएको समेत उहाले वताउनु भयो ।
प्रत्येक वर्ष मार्च ८ तारीकमा मनाईदै आएको नारी दिवशको पुर्व सन्ध्यामा यूएनडिपि र भीमदत्त नगरपालिकाको सहयोगमा भीमदत्त नगरपालिका भित्र रहेका सामुदायीक विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार छात्राहरु लाई साईकल वितरण गरिनुका साथै साईकल र्यालीको समेत आयोजना गरिएको हो । नारी दिवशको पुर्व सन्ध्यामा आयोजित साईकल वितरण कार्यक्रम तथा साईकल र्यालीको उदघाटन समारोहमा वोल्दै भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले दिनानुदिन बढ्दै गईरहेको प्रदुषण कम गर्न तथा वातावरणिय स्वच्छता कायम राख्न नगरपालिकाले एकिकृत फोहरमैला व्यवस्थापन केन्द्र वनाउन लागेको भन्दै यसमा नागरिहरु समेत जिम्मेवार भएर सहयोग गर्नु पर्ने वताउनु भयो ।
भीमदत्त नगरपालिका , युएनडीपी, ग्रीन वे, एनसेल, एनएमबी बैंक, काठमाडौं साइकल सिटी र साइकल सिटी नेटवर्क नेपाल, आईएमई पे लगायका संघ सस्थाहरुको सहयोगमा आयोजना भएको उक्त कार्यकक्रमको व्यवस्थापन निड्स नेपालले गरेको थियो । उक्त कार्यक्रमको व्यवस्थापन गरिरहेको निड्स नेपालका कार्यकारी प्रमुख भव राज रेग्मीले विपन्न क्षेत्रका वालवालिकाहरको शिक्षामा पहुच पुर्याउन र वातावरण स्वच्छ राख्न साईकल वितरण गरिएको वताउनु भयो ।
साईकल प्राप्त गरेपछी विभिन्न विद्यालयका छात्राहरुले समयमै स्कुल पुग्न सकिने, समयको वचत हुने र पठनपाठनमा टेवा पुग्ने वताउका छन । यसका साथै साईकलको बढ्दो प्रयोगले बढदो वायु प्रदुषण कम गर्न मद्दत पुग्ने र पर्यावरणमा सुधार हुने अपेक्षा समेत गरिएको छ

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?