यस्ता छन पत्रकार भण्डारीका भीमदत्त नगरपलिकाको विकास गर्ने एजेण्डा

महेन्द्रनगर । कञ्चनपुरका वरिष्ठ पत्रकार खेम भण्डारीले भीमदत्त नगरपालिकाको मेयरमा लड्ने घोषणा गरेपछी निर्वाचनका लागी सामाजिक सञ्जालमार्फत विभिन्न एजेण्डा सार्वजनीक गरेका छन ।
सरकारले स्थानीयतहको निर्वाचन घोषणा गरे लगत्तै कञ्चनपुरका वरिष्ठ पत्रकार खेम भण्डारीले भीमदत्त नगरपालिकाको मेयरमा उमेद्धवारी दिने घोषणा गरेका हुन । नेकपा एमाले नजिक रहेका पत्रकार भण्डारी पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेपछी ओलीका कट्टर आलोचकको रुपमा प्रस्तुत हुन थालेका हुन । भण्डारी अहिले नेकपा समाजवादी निकट रहेर संगठन विस्तार र पार्टी सुदृढिकरणमा लागेका छन । संगठन विस्तार र पार्टी सुदृढिकरण संगै निर्वाचनको मिति नजिकीदै गर्दा उनले आम जनमानसको अभिमत बुझ्ने अभिप्रायले फेशबुक मार्फत विस्तृत एजेण्डाहरु प्रस्तुत गरेका छन । भीमदत्त वाशिले यस्ता एजेण्डाले चुनाव जितिन्छ भन्ने सुझाव दिए स्थानीय तहको निर्वाचनमा टिकेटको लागी प्रयाश गर्ने तथा काम गर्न नसके मेयर हुनुको औचित्य नरहेको समेत उनले लेखेका छन ।
पत्रकार भण्डारीले प्रस्तुत गरेका चुनावी एजेण्डाहरु निम्न छन ।
१। के यसरी चुनाउ जितिएला रु
२। असम्भव काम गर्न सकिन्न भनेर ।
३। अनावश्यक काम हुन्न भनेर ।
४। भ्रस्टाचारको अनुसन्धान गरी पाता कसिने छ भनेर ।
५। अतिक्रमणमा डोजर चलाइने छ भनेर ।
६। बेरुजु फछ्र्यौट गर्न डण्डा चलाउने छु भनेर ।
७। पार्टी स्वार्थभन्दा माथी उठेर साझा ब्यक्ती बन्ने छु भनेर ।
८। सडकपेटी र सार्वजनिक स्थल सफा र सज्जित राख्न कठोर कानुन लगाउछु भनेर ।
९। कौडी दरमा भाडा र लिजमा दिएका सार्वजनिक सम्पत्ती खाली गराउछु भनेर ।
१०। गत पाँच वर्षको लुटको भण्डाफोर गर्छु र लुटेरा जत्थालाई जेल कोच्छु भनेर ।
११। केही बिचौलियाको चंगुलबाट मुक्त रहनेछु भनेर ।
१२। गलगाड बनेको अनावयक कर्मचारीतन्त्रलाई चुस्त र उत्पादनशील बनाउछु भनेर ।
१३। ठूला ठूला योजनाका गफ होइन सानासाना सुधार गर्छु भनेर ।
१४। सरकारी र सामुदायिक विद्यालयमा राजनीती हटाउँछु भनेर ।
१५। निजि शिक्षाको बहुआयामिक शोषण समाप्त गर्छु भनेर ।
१५। करको दर स्वाट्टै घटाएर दायरा ह्वात्तै बढाउँछु भनेर ।
१६। नगर विकासको जग्गाका माफियालाई ठोक्छु भनेर ।
१७। कृषकको दुश्मन बिचौलिया प्रणालीलाई हटाउने बिकल्पमा काम गर्छु भनेर ।
१८। सशर्त अनुदानको नाममा थोपरिने कामै नलाग्ने झन्झटको प्रतिवाद गर्छु भनेर ।
१९। भाइ भतिजा पाल्ने उद्देश्यले थालिएका सबै काम रोक्छु भनेर ।
२०। स्रोत सुनिस्चितताबिनै थालिएका सबै निर्माण रोक्छु, अनावश्यक योजनाका सम्झौता रद्द गर्छु भनेर ।
२१। लक्ष्य प्राप्त गर्न नसक्ने सरकारी र सामुदायिक विद्यालय र तिनका शिक्षकलाई दण्ड र प्राप्त गर्नेलाई पुरस्कारको ब्यवस्था गर्छु भनेर ।
२२। निजी विद्यालय र शैक्षिक संस्था कोठे हुनुहुन्न, पर्याप्त भौतिक पूर्वाधार र एउटा फूटबल ग्राउण्ड बराबरको खेल मैदान हुनुपर्ने टाइमलाइनयुक्त कानून बनाइने छ भनेर ।
२३। विकास योजनामा अवरोध गर्नेहरूमाथि चाहिए जति बल प्रयोग गरेर भए पनि डम्पिङ साइट जस्ता योजना सम्पन्न गरिने छन् भनेर ।
२४। छाडा चौपाया नियत्रणमा भएको लुटपाटको जाँच गराउँदै यो ६ महिनामैं यो समस्याको ९० प्रतिशत समाधान गर्छु भनेर ।
२५। नगरमा यउभल कउबअभ पर्याप्त बनाउन सबै खालका अतिक्रमण हटाउन आइपरे बल पनि प्रयोग गरिने छ भनेर ।
२६। समयसीमा भित्र सेवाप्रवाह गर्न सफ्टवेयर आधारित गुनासो सम्बोधन प्रणाली जडान गरेर निर्धारित समयभित्र सेवाग्राहीको सम्बोधन नभए सम्बन्धित शाखा र कर्मचारीलाई ठाउँको ठाउँ कार्वाही गर्ने इ९गभर्नेन्स सिस्टम सुरु गर्नेछु भनेर ।
२७। पारदर्शीता र सुशासन कायम गर्न मेयरसमेतको निगरानी गर्ने सर्वदलीय संयन्त्र र प्रणाली बनाउने छु भनेर ।
२८। आज के काम भयो, निर्णय के भए, खर्च कति भयो भन्ने आजै सार्वजनिक गर्ने अनलाइन नोटिस बोर्ड चलाउछु भनेर ।
२९। टेण्डर र कोटेसनको प्रकृया अनलाइन लाइभबाट गरिनेछ भनेर ।
३०। कमिसनका लागि मात्रै किनिएका, उपयोग नै नभएका वा उपयोग खर्च अस्वाभाविक भएका गाडीदेखि निर्माण यन्त्र लिलाम गरि नगरपालिकालाई अनावश्यक आर्थिक बोझबाट तत्कालमुक्त गर्छु भनेर ।
३१। आवश्यक संख्यामा मात्रै कर्मचारी राखिने छ, ज्यालादारीका नाममा मच्चाइएको बितण्डा पूर्ण रूपमा रोकिनेछ, १५० कर्मचारीले पुग्छ, त्यसबाहेकका झण्डै दुई सय कर्मचारी हटाइने छ भनेर ।
३२। पिए, सल्लाहकार, बिज्ञ भन्दै आफ्ना मान्छे पोस्ने काम शून्यमा झारिने छ, चाहिए पटके रूपमा सेवा लिइनेछ भनेर ।
३३। डल्लो बजेटको खेल हटाइने छ, योजना छनोटको प्रक्रियालाई पारदर्शी बनाएर रातोकिताबमा सम्पूर्ण योजना खुलस्त बनाइने छन् भनेर ।
३४। उपभोक्ता समिती र अमानतबाट काम गर्ने परिपाटी रोखेर एक लाखभन्दा माथिका योजना र खरिद टेण्डरबाटै हुने ब्यवस्था हुनेछ भनेर ।
३५। आसेपासे पोस्न एउटा योजनालाई खण्डिकरण गरेर बाँड्ने जस्ता दुस्कर्म भ्रस्टाचार ठहरिने कानुनी प्रवन्ध गरिने छ भनेर ।
३६। उल्लेखित कामहरु पदभार सम्हाले लगत्तै सुरु हुनेछन् भनेर ।
पत्रकार भण्डारीले भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र बिष्टलाई चुनाव जिताउन अहम भुमिका खेलेका थिए तर पछिल्लो समय नगर प्रमुख बिष्ट नेतृत्वको टीमले नगरवाशिका समस्या समाधान नगरेको भन्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै आएका छन ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?