कञ्चनपुरको वेदकोटमा किशोरी आत्म सुरक्षा तालीम

कञ्चनपुरको वेदकोट नगरपालिकामा तिन दिने किशोरी आत्म सुरक्षा तालीम शुरु भएको छ ।
‘किशोरीहरुको आत्म रक्षा गर्ने सीप बढाऔं महिला हिसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ सुरक्षित किशोरी आत्म सुरक्षा तालीम शुरु भएको हो । वेदकोट नगर किशारी सञ्जालको आयोजना तथा वेदकोट नगरपालिकाको सहयोगमा सञ्चालन भएको उक्त तालीमको एक कार्यक्रमका विच वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले उदघाटन गर्नु भयो ।
उक्त तालीमको उदघाटन गर्दै नगरप्रमुख चन्दले महिाला तथा किशोरीहरुमाथी हुने विभिन्न हिंसा न्युनिकरणको लागी नगरपालिकाले विभिन्न समयमा काम गर्दै आएको र आगामी दिनमा समेत यस्ता कामहरुमा नगरपालिले सक्दो सहयोग गर्दै अघि बढ्ने बताउनु भयो ।
वडा प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक प्रमुख अमर माझीले किशोरीहरुलाई आत्मसुरक्षा सम्बन्धी तालिम, साइबर अपराध, विद्युतीय अपराध लगायतका विषयमा प्रशिक्षण गराउदै यस्ता तालिमहरुले समाजमा दिनानुदिन बढ्दै गरेका महिला हिंसा बाल यौन हिंसा महिला, किशोरीहरु माथि हुने विभिन्न अपराधिक घटना तथा दुव्र्यवहारमा कमी आउने र यस्ता अपराधिक गतिविधिबाट वच्न समेत सहज हुने वताउनु भयो ।
बेदकोट नगर किशोरी सञ्जालका अध्यक्ष मञ्जु हामीले उक्त कार्यक्रमले महिला तथा किशोरीहरुलाई पर्ने विभिन्न समस्याहरुको समाधानका लागी नगर किशोरी सञ्जाल गठन गरिएको भन्दै आगामी दिनमा कञ्चनपुर जिल्ला भरकिा नौ वटै स्थानीयतहहरुमा किशोरी सञ्जाल गठन गरि जिल्ला अधिवेशन गरिने वताउनु भयो । दिनानुदिन किशोरीहरु असुक्षित हुदै गएको र विभिन्न कारणले हुने दुव्र्यवहार रोक्न किशोरी सञ्जालले काम गर्ने भन्दै यस्ता तालिम नौ वटै ीथानीय तहहरुमा सञ्चालन गरिने वताउनु भयो ।
आगामी फागु १६ गते सम्म सञ्चालन हुने उक्त तालिममा महिला तथा किशोरीमाथी समाजमा हुने विभिन्न अपराधिक घटना तथा दव्र्यवहार बाट कसरी सुरक्षित हुने भन्नेवारै प्रसिक्षीत गराईने र तालिम पश्चात महिला हिैसामा केहिहद सम्म भए पनी कमी आउने अपेक्षा गरिएको छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?