कञ्चनपुरको वेदकोटमा किशोरी आत्म सुरक्षा तालीम

कञ्चनपुरको वेदकोट नगरपालिकामा तिन दिने किशोरी आत्म सुरक्षा तालीम शुरु भएको छ ।
‘किशोरीहरुको आत्म रक्षा गर्ने सीप बढाऔं महिला हिसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ सुरक्षित किशोरी आत्म सुरक्षा तालीम शुरु भएको हो । वेदकोट नगर किशारी सञ्जालको आयोजना तथा वेदकोट नगरपालिकाको सहयोगमा सञ्चालन भएको उक्त तालीमको एक कार्यक्रमका विच वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले उदघाटन गर्नु भयो ।
उक्त तालीमको उदघाटन गर्दै नगरप्रमुख चन्दले महिाला तथा किशोरीहरुमाथी हुने विभिन्न हिंसा न्युनिकरणको लागी नगरपालिकाले विभिन्न समयमा काम गर्दै आएको र आगामी दिनमा समेत यस्ता कामहरुमा नगरपालिले सक्दो सहयोग गर्दै अघि बढ्ने बताउनु भयो ।
वडा प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक प्रमुख अमर माझीले किशोरीहरुलाई आत्मसुरक्षा सम्बन्धी तालिम, साइबर अपराध, विद्युतीय अपराध लगायतका विषयमा प्रशिक्षण गराउदै यस्ता तालिमहरुले समाजमा दिनानुदिन बढ्दै गरेका महिला हिंसा बाल यौन हिंसा महिला, किशोरीहरु माथि हुने विभिन्न अपराधिक घटना तथा दुव्र्यवहारमा कमी आउने र यस्ता अपराधिक गतिविधिबाट वच्न समेत सहज हुने वताउनु भयो ।
बेदकोट नगर किशोरी सञ्जालका अध्यक्ष मञ्जु हामीले उक्त कार्यक्रमले महिला तथा किशोरीहरुलाई पर्ने विभिन्न समस्याहरुको समाधानका लागी नगर किशोरी सञ्जाल गठन गरिएको भन्दै आगामी दिनमा कञ्चनपुर जिल्ला भरकिा नौ वटै स्थानीयतहहरुमा किशोरी सञ्जाल गठन गरि जिल्ला अधिवेशन गरिने वताउनु भयो । दिनानुदिन किशोरीहरु असुक्षित हुदै गएको र विभिन्न कारणले हुने दुव्र्यवहार रोक्न किशोरी सञ्जालले काम गर्ने भन्दै यस्ता तालिम नौ वटै ीथानीय तहहरुमा सञ्चालन गरिने वताउनु भयो ।
आगामी फागु १६ गते सम्म सञ्चालन हुने उक्त तालिममा महिला तथा किशोरीमाथी समाजमा हुने विभिन्न अपराधिक घटना तथा दव्र्यवहार बाट कसरी सुरक्षित हुने भन्नेवारै प्रसिक्षीत गराईने र तालिम पश्चात महिला हिैसामा केहिहद सम्म भए पनी कमी आउने अपेक्षा गरिएको छ ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?