राष्ट्रिय प्रजातन्त्र पार्टीको वृहत भेला महेन्द्रनगरमा

आउँदो मगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन कञ्चनपुर आउने भएका छन । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा केन्द्रीय अध्यक्ष लिङदेन सहितको टोली महेन्द्रनगर आउने भएको हो ।
यही फागुन १६ गते कैलालीको सुख्खडमा हुने आमसभालाई सम्वोधन गरे पछि १७ गते मगलबार महेन्द्रनगरमा भव्य आमसभा गरिने भएको छ । विहिवार कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार राप्रपा कञ्चननपुरले केन्द्रीय अध्यक्ष लिङदेन सहितका शिर्ष नेता जिल्ला आउने जनाएको छ । राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले पहिलो पटक केन्द्रीय अध्यक्ष सहितका शिर्ष नेताहरु जिल्ला आउन लागेको बताए ।
पार्टी अध्यक्ष लिङदेनसंगै उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवल शमसेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाहीका नेताहरु कञ्चनपुर आउने भएका छन । ‘महाशिवरात्रीकै दिन राप्रपाले राखेको आमसभामा जनता जेरी खाँदै हाम्रो कार्यक्रममा सहभागि हुनेछन, ‘अध्यक्ष चन्दले भने, ‘राप्रपा कञ्चनपुर आमसभाका लागि तयारीकमा जुटेको छ ।’
राप्रपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जाशीले राप्रपामा युवाहरुको आकर्षिण बढेको बताए । ‘एमसीसी पास गराउनका लागि काँग्रेस तलदेखि माथिसम्म लागि परेका छन, ‘उनले भने, ‘प्रमुख प्रतिपक्षीय दल एमाले समेत पक्षमा देखिएको छ ।’
जनता ठुला दलप्रति निरास भएकाले राप्रपा उदाउँदो शक्ति रहेको बताए । अध्यक्ष जोशीले राप्रपा जनताको घर दैलोमा पुगिरहेको बताए । प्रचार विभाग संयोजक एव राप्रपा भीमदत्त नगरका अध्यक्ष करन पालले आमसभाको गाँउ गाँउमा प्रचार प्रसार गरिएको बताए ।

 

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?