युवा–विद्यार्थीको संयुक्त मसाल जुलुसमा  युवा–विद्यार्थी घाइते

कञ्चनपुर, १०
एमसिसी खारेजीको माग अघि सारेर नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी र युवा संगठनले संयुक्त मसाल जुलुस गरेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका नेता सुरेश भट्टले राष्ट्रघाती एमसीसी बिरुद्धमा माओवादी र समाजवादी पार्टीका युवा र विद्यार्थी संगठनले मसाल जुलुस निकालेको बताए । प्रहरी धरकपटमा क्रान्तिकारी वाईसियल सचिव तिलक जप्रेल, क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरी, अनेरास्ववियूका जिल्ला अध्यक्ष रमेश पन्त, युवा सघ सयाेजक मुकेश सिह, क्रान्तिकारीका नेता प्रेम रावल सहितका नेता कार्यकर्ता घाईते भएका छन ।
घाईते तिलक जप्रेल सहितका घाईतेको महाकाली अस्पतालमा उपचार भईरहेको छ । मसाल जुलुसमा प्रहरीले विद्यार्थी र युवामाथि धरकपट गरेको छ । धरकपटको भत्र्सना गरिएको छ ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरेको बताए । ‘वाईसियल सचिव जप्रेलको टाउमै प्रहार ग¥यो, ‘उनले भने, ‘म सहित अन्य साथीहरुलाई समेत कुटपिट गरे ।’
समाजवादी निकट अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रमेश पन्तले राष्ट्रघाती सम्झौता भएकाले खारेजीका लागि आन्दोलन गरेको बताए । देश बेच्न पाईदैन, राष्ट्रघाती दलाल होसियार, एमसीसी खारेजी गर भन्दै आन्दोलन गरेका थिए ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?