युवा–विद्यार्थीको संयुक्त मसाल जुलुसमा  युवा–विद्यार्थी घाइते

कञ्चनपुर, १०
एमसिसी खारेजीको माग अघि सारेर नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी र युवा संगठनले संयुक्त मसाल जुलुस गरेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका नेता सुरेश भट्टले राष्ट्रघाती एमसीसी बिरुद्धमा माओवादी र समाजवादी पार्टीका युवा र विद्यार्थी संगठनले मसाल जुलुस निकालेको बताए । प्रहरी धरकपटमा क्रान्तिकारी वाईसियल सचिव तिलक जप्रेल, क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरी, अनेरास्ववियूका जिल्ला अध्यक्ष रमेश पन्त, युवा सघ सयाेजक मुकेश सिह, क्रान्तिकारीका नेता प्रेम रावल सहितका नेता कार्यकर्ता घाईते भएका छन ।
घाईते तिलक जप्रेल सहितका घाईतेको महाकाली अस्पतालमा उपचार भईरहेको छ । मसाल जुलुसमा प्रहरीले विद्यार्थी र युवामाथि धरकपट गरेको छ । धरकपटको भत्र्सना गरिएको छ ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरेको बताए । ‘वाईसियल सचिव जप्रेलको टाउमै प्रहार ग¥यो, ‘उनले भने, ‘म सहित अन्य साथीहरुलाई समेत कुटपिट गरे ।’
समाजवादी निकट अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रमेश पन्तले राष्ट्रघाती सम्झौता भएकाले खारेजीका लागि आन्दोलन गरेको बताए । देश बेच्न पाईदैन, राष्ट्रघाती दलाल होसियार, एमसीसी खारेजी गर भन्दै आन्दोलन गरेका थिए ।

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?