बैजनाथ बहुभाषिक विद्यालय को नौलो प्रयास – गणित पार्क

भोज राज भट्ट 
सरकारी विद्यालय को पढाइको स्तर खस्किदै गइरहेको विभिन्न तत्याङ्क ले देखाउछ, तर कुनै कुनै ठाउमा कुशल एवं रचनात्मक नेतृत्व भएको ठाउमा भने विद्यालय हरुले निकै रचनात्मक कार्य समेत गरुरहेका छन। त्यस्तै मध्येको एक हो लालझाडी गाउँपालिका वडा न. ४ स्थित बैजनाथ बहुभाषिक आधारभुत विद्यालय पनि। विद्यालय को केहि बर्स अगाडि सम्म को अवस्था हेर्दा पनि निकै दयनिय थियो ।

हुन त लालझाडि गाउपालिका ले सिक्षा क्षेत्रमा कम लगानि गरेको त छैन त्यस्मा झन उदाहरणिय कार्य गर्दै विद्यालय लाइ भौतिक र प्रशासनिक तवर बाट विद्यालयका प्रधानाध्यापक सुरेन्द बहादुर बोहरा ले विद्यालय लाइ चम्काउन सफल भएका छन । भौतिक संरचना बन्नु मात्रै नौलो कुरा त हैन तर बनेको संरचना ले सिक्षण सिकाइ मा कस्तो प्रभाव पार्छ भन्ने कुरा महत्वपुर्ण हुन जान्छ ।

प्राय: थारु बस्ति रहेको गाउमा सानो जस्ता पाताले छाएको कक्षा कोठाहरु त्यस्मा पनि थारु भासामै पढाइ हुने गरेको पुरानो अवस्था सम्झिदै प्रधानाध्यापक बोहरा भन्नु हुन्छ,”भिजन राख्यौ, प्रयास गरिरहेका छौ, गन्तब्यमा पुग्छौ।”
गणित पार्क निर्माण यो क्षेत्रकै नया प्रयास भएको र यस्ले विध्यार्थिहरुमा व्यवहारिक क्षेत्रमा गणितको प्रयोग, ज्यामितिय आकृति को पहिचान लगायतका कुरामा सजिलो हुने र पार्कमा बिभिन्न बालमैत्री मूर्तिलाई समेत समाबेस गरिएकाले मनोरञ्जन र पढाइ दुइटै सहज हुने बिस्वास गाउपालिका अध्यक्ष मदन सेन बडायक ले ब्यक्त गर्नुभयो।

रचनात्मक कामहरु ले प्रभावकारी प्रतिफल दिने भन्दै दैनिक आठ देखि दस घन्टा सम्म विध्यालय संचालक गरिरहदा समेत अभिभावक , विध्यार्थि र शिक्षक सबैमा रौनक छाएको र बैजनाथ बहुभाषिक विद्यालय को “करले हैन रहरले विद्यालय जाऔ” भन्ने नारा निकै समयसापेक्ष रहेको लालझाडीका शिक्षा शाखा प्रमुख सिद्दराज भट्टले बताउनुभयो ।
पहिले विध्यार्थिको पढाइमा चासो नदिने अभिभावक अहिले भने कम्तिमा दिनमा दर्जन बढि अभिभावक ले आफ्नो बच्चाहरुको भविस्य प्रति चासो राखेर स्कुल आउदा आफुहरुलाइ झनै प्रेरणा मिलेको विद्यालयका सिक्षक दिपेन्द्र रानाले बताए।
यस्का अतिरिक्त विद्यालयमा खेल प्रशिक्षण, नृत्य प्रशिक्षण समेत दिनहु भैरहने प्रधानाध्यापक बोहराले बताउनु भयो।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?