बैजनाथ बहुभाषिक विद्यालय को नौलो प्रयास – गणित पार्क

भोज राज भट्ट 
सरकारी विद्यालय को पढाइको स्तर खस्किदै गइरहेको विभिन्न तत्याङ्क ले देखाउछ, तर कुनै कुनै ठाउमा कुशल एवं रचनात्मक नेतृत्व भएको ठाउमा भने विद्यालय हरुले निकै रचनात्मक कार्य समेत गरुरहेका छन। त्यस्तै मध्येको एक हो लालझाडी गाउँपालिका वडा न. ४ स्थित बैजनाथ बहुभाषिक आधारभुत विद्यालय पनि। विद्यालय को केहि बर्स अगाडि सम्म को अवस्था हेर्दा पनि निकै दयनिय थियो ।

हुन त लालझाडि गाउपालिका ले सिक्षा क्षेत्रमा कम लगानि गरेको त छैन त्यस्मा झन उदाहरणिय कार्य गर्दै विद्यालय लाइ भौतिक र प्रशासनिक तवर बाट विद्यालयका प्रधानाध्यापक सुरेन्द बहादुर बोहरा ले विद्यालय लाइ चम्काउन सफल भएका छन । भौतिक संरचना बन्नु मात्रै नौलो कुरा त हैन तर बनेको संरचना ले सिक्षण सिकाइ मा कस्तो प्रभाव पार्छ भन्ने कुरा महत्वपुर्ण हुन जान्छ ।

प्राय: थारु बस्ति रहेको गाउमा सानो जस्ता पाताले छाएको कक्षा कोठाहरु त्यस्मा पनि थारु भासामै पढाइ हुने गरेको पुरानो अवस्था सम्झिदै प्रधानाध्यापक बोहरा भन्नु हुन्छ,”भिजन राख्यौ, प्रयास गरिरहेका छौ, गन्तब्यमा पुग्छौ।”
गणित पार्क निर्माण यो क्षेत्रकै नया प्रयास भएको र यस्ले विध्यार्थिहरुमा व्यवहारिक क्षेत्रमा गणितको प्रयोग, ज्यामितिय आकृति को पहिचान लगायतका कुरामा सजिलो हुने र पार्कमा बिभिन्न बालमैत्री मूर्तिलाई समेत समाबेस गरिएकाले मनोरञ्जन र पढाइ दुइटै सहज हुने बिस्वास गाउपालिका अध्यक्ष मदन सेन बडायक ले ब्यक्त गर्नुभयो।

रचनात्मक कामहरु ले प्रभावकारी प्रतिफल दिने भन्दै दैनिक आठ देखि दस घन्टा सम्म विध्यालय संचालक गरिरहदा समेत अभिभावक , विध्यार्थि र शिक्षक सबैमा रौनक छाएको र बैजनाथ बहुभाषिक विद्यालय को “करले हैन रहरले विद्यालय जाऔ” भन्ने नारा निकै समयसापेक्ष रहेको लालझाडीका शिक्षा शाखा प्रमुख सिद्दराज भट्टले बताउनुभयो ।
पहिले विध्यार्थिको पढाइमा चासो नदिने अभिभावक अहिले भने कम्तिमा दिनमा दर्जन बढि अभिभावक ले आफ्नो बच्चाहरुको भविस्य प्रति चासो राखेर स्कुल आउदा आफुहरुलाइ झनै प्रेरणा मिलेको विद्यालयका सिक्षक दिपेन्द्र रानाले बताए।
यस्का अतिरिक्त विद्यालयमा खेल प्रशिक्षण, नृत्य प्रशिक्षण समेत दिनहु भैरहने प्रधानाध्यापक बोहराले बताउनु भयो।

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?