महेन्द्रनगरमा पनी पर्यो बन्दको प्रभाव : जिल्ला प्रशासन अगाडि प्रदर्शन

एमसिसी सम्झौता विरुद्ध पाँचवटा राजनीतिक दल र एउटा मोर्चाले बुधवार आह्वान गरेकोे नेपाल बन्दको प्रभाव महेन्द्रनगरमा पनि देखिएको छ ।


एमसिसी सम्झौता विरुद्ध विभिन्न राजनीतिक दल तथा तिनका भातृ संगठनहरुले गरेको नेपाल बन्दका काराण कञ्चनपुरको महेन्द्रनगर बजार र सार्वजनिक यातायात बन्द भएको छ । निजि सवारी साधन, मोटरसाइृकल तथा अटोहरु चलेका भए पनी लामो तथा छोटो दुरीका सार्वजनीक सवारी साधन चल्न सकेका छैनन । त्यस्तै गरि सरकारी तथा निजि विद्यालयहरु पनी बन्द गरिएका छन ।
यसै गरि आजको प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै नेकपा माओवादी निकट अखील क्रान्तकिारी तथा वाईसियल नेपालले जिल्ला प्रशासन कार्यलय अगाडि विरोध प्रदर्शन गरेको छ । एमसिसी विरुद्ध नारा बाजि गर्दै अखील क्रान्तकिारी तथा वाईसियल नेपालले विरोध प्रदर्शन गरेको हो । वाईसियल नेपालका केन्द्रीय सदस्य तथा सुदुर पश्चिम सह ईन्चार्ज अर्जुन साउदले राष्ट्रघाति एमसिसी कुनै हालतमा पनी पास हुन नहुने भन्दै देशै भरिका जिल्ला प्रशासन कार्यलय अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्र रहेको बताउनु भयो । यदी जनताको भावना विपरित एमसिसी सम्झौता गरिए कडा रुपमा प्रस्तुत हुने समेत उहाले चेतावनी दिनु भएको छ ।


एमसिसी विरुद्ध मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव, नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन । बन्दका कारण प्रशासनले सुरक्षा व्यवस्था पनि कडा पारेको छ । स्थानीय प्रशासनले सुरक्षाकर्मी मुख्य चोक, राजमार्गक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजमार्ग एससिसिको विरोध गर्दै धर्ना समेत दिएको छ । गृह मन्त्रालयले मंगलबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेको छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?