दार्चुलाको मालिकार्जुन गाउँपालिकाद्धारा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयाेग

दार्चुलाको मालिकार्जुन गाउँपालिकाद्धारा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयाे

महेन्द्रनगर । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले वृद्ध सेवा केन्द्रलाई खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ । शुक्रबार कञ्चनपुरको बेदकोट नगरपालिका–७ रौटेला धामस्थित बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रका वृद्धाबृद्धहरुलाई मालिकार्जुन गाउँपालिकाले खाद्यान्न तथा आर्थिक सहयोग गरेको हो ।
नमुना पालिकाहरुको भम्रणमा रहेका मालिकार्जुन गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसहितकाे टाेलिले सामाजिक कार्य अन्तर्गत उत्त सहयाेग गरेकाे जनाएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरज प्रशाद जाेशीले संघिय प्रणालिपछि स्थानीय सरकारहरुले गरेकाे नमुना काम र अनुभव आदानप्रदानका लागि जनप्रतिनिधि र कर्मचारीले नेपालका नमुना पालिका भ्रमण गरिएको बताए । साेहि कार्यक्रम अन्तर्गत खर्च व्यवस्थापन गरि वृद्ध सेवा केन्द्रलाई पनि सहयाेग गरिएकाे बताए ।
‘महेन्द्रनगर पुग्दा नजिकै वृद्धआश्रम रहेकाे जानकारी पाएपछि भम्रणमा रहेको पालिकाकाे टोलीले वृद्धआश्रमलाई केही राहत स्वरुप सहयाेग गरेकाे हाैँ ।’ उनले भने सेवा ‘केन्द्रलाई चामल, दाल, नुन, तेल, आँटा लगाएका खाद्यान्न सामाग्री सहयोग गरिएको छ ।’ त्यस्तै मालिकार्जुन गाउँपालिकाका लेखापाल पुस्कर विष्टले व्यक्तिगत वृद्धाआश्रमलाई आर्थिक सहयोग गरेका छन् ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?