स्थानीयतह र राष्ट्रिय भूमि आयोग बिच कार्यसहमति पत्रमा सम्झौता

कञ्चनपुरका विभिन्न स्थानीयतहहरु र राष्ट्रिय भूमि आयोग बिच कार्यसहमति पत्रमा सम्झौता भएको छ ।
भुमि सम्बन्धी समस्या समाधानका लागि गठित आयोगका विज्ञ सदस्य र कञ्चनपुरका पाँच वटा स्थानीय तहका प्रमुख विच कञ्चनपुरको महेन्द्रनगरमा कार्यसहमति पत्रमा हस्ताक्षर भएको हो । विहिवार राष्ट्रिय भूमि आयोगका कञ्चनपुर जिल्ला अध्यक्ष देवेन्द्र ढुंगानाको अध्यक्षतामा भएको एक कार्यक्रमका विच कञ्चनपुरका भीमदत्त नगरपालिका, शुक्लाफाटा नगरपालिका, पुनर्वाश नगरपालिका , लालझाडि गाँउपालिका र वेलडाडि गाँउपालिका विच अव्यवस्थित बसोबास, सुकुम्बासी र भुमिहिनलाई जग्गाधनी प्रमाणपत्र दिन तत्काल काम अघि बढाउने सम्झौता भएको हो ।

उक्त सहमति पत्रआदान प्रदान कार्यक्रममा बोलदै आयोगका विज्ञ सदस्य ले सम्झौता बमोजिम अव्यवस्थित बसोबास, सुकुम्बासी र भुमिहिनलाई जग्गाधनी प्रमाणपत्र दिन तत्काल काम शुरु गर्न स्थानीयतहका प्रमुखहरु लाई अनरोध गर्नु भयो ।
राष्ट्रिय भूमि आयोगका कञ्चनपुर जिल्ला अध्यक्ष देवेन्द्र ढुंगानाले पुनर्गठित यस भुमिआयोगले विगतको आयोगले गरेको कामलाई निरनतरता दिदै लालपुर्जा वितरण गर्ने स्पष्ट पार्नु भएको छ ।
सहमतिपत्रमा हस्ताक्षर गर्दै शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिल वहादुर ऐरले सम्झौता अनुसार स्थानीयतहहरु काम गर्न तयार रहेको तर राष्ट्रिय भूमि आयोगको केन्द्र र जिल्ला आयोगले सकृय भएर काम र अनुगमन गर्नु पर्ने वताउनु भयो ।


कञ्चनपुरका नौ वटा स्थानीयतह मध्ये चार वटा संग यो भन्दा पहिले नै सहमतिपत्रमा हस्ताक्षर भई सकेको छ । भुमी सम्बन्धी ऐन २०७६ को आठौँ संशोधन ०७६ माघ २८ मा लागु भएसँगै गत आयोगले शुरु गरेको काम गठवन्धनको सरकारले आयोग विघटन गरे पछी रोकिएको थियो । आयोग पुनर्गठन भए संगै कामले तिव्रता पाउने आशा पलाएको छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?