स्थानीयतह र राष्ट्रिय भूमि आयोग बिच कार्यसहमति पत्रमा सम्झौता

कञ्चनपुरका विभिन्न स्थानीयतहहरु र राष्ट्रिय भूमि आयोग बिच कार्यसहमति पत्रमा सम्झौता भएको छ ।
भुमि सम्बन्धी समस्या समाधानका लागि गठित आयोगका विज्ञ सदस्य र कञ्चनपुरका पाँच वटा स्थानीय तहका प्रमुख विच कञ्चनपुरको महेन्द्रनगरमा कार्यसहमति पत्रमा हस्ताक्षर भएको हो । विहिवार राष्ट्रिय भूमि आयोगका कञ्चनपुर जिल्ला अध्यक्ष देवेन्द्र ढुंगानाको अध्यक्षतामा भएको एक कार्यक्रमका विच कञ्चनपुरका भीमदत्त नगरपालिका, शुक्लाफाटा नगरपालिका, पुनर्वाश नगरपालिका , लालझाडि गाँउपालिका र वेलडाडि गाँउपालिका विच अव्यवस्थित बसोबास, सुकुम्बासी र भुमिहिनलाई जग्गाधनी प्रमाणपत्र दिन तत्काल काम अघि बढाउने सम्झौता भएको हो ।

उक्त सहमति पत्रआदान प्रदान कार्यक्रममा बोलदै आयोगका विज्ञ सदस्य ले सम्झौता बमोजिम अव्यवस्थित बसोबास, सुकुम्बासी र भुमिहिनलाई जग्गाधनी प्रमाणपत्र दिन तत्काल काम शुरु गर्न स्थानीयतहका प्रमुखहरु लाई अनरोध गर्नु भयो ।
राष्ट्रिय भूमि आयोगका कञ्चनपुर जिल्ला अध्यक्ष देवेन्द्र ढुंगानाले पुनर्गठित यस भुमिआयोगले विगतको आयोगले गरेको कामलाई निरनतरता दिदै लालपुर्जा वितरण गर्ने स्पष्ट पार्नु भएको छ ।
सहमतिपत्रमा हस्ताक्षर गर्दै शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिल वहादुर ऐरले सम्झौता अनुसार स्थानीयतहहरु काम गर्न तयार रहेको तर राष्ट्रिय भूमि आयोगको केन्द्र र जिल्ला आयोगले सकृय भएर काम र अनुगमन गर्नु पर्ने वताउनु भयो ।


कञ्चनपुरका नौ वटा स्थानीयतह मध्ये चार वटा संग यो भन्दा पहिले नै सहमतिपत्रमा हस्ताक्षर भई सकेको छ । भुमी सम्बन्धी ऐन २०७६ को आठौँ संशोधन ०७६ माघ २८ मा लागु भएसँगै गत आयोगले शुरु गरेको काम गठवन्धनको सरकारले आयोग विघटन गरे पछी रोकिएको थियो । आयोग पुनर्गठन भए संगै कामले तिव्रता पाउने आशा पलाएको छ ।

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?