कञ्चनपुरमा संचालित योजनाहरुको मन्त्रि द्धाराअनुगमन

कञ्चनपुर । कञ्चनपुरको विभिन्न स्थानमा संचालित योजनाहरुको सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रिहरुले स्थलगत अनुगमन गरेका छन ।
पुर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत सञ्चालनमा रहेका कञ्चनपुरका विभिन्न सडक पुल पुलेसा लगाउयतका योजनाहरुको सुद्रपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल वहादुर खडका तथा भौतिक पुर्वाधार विकास राज्य मन्त्रि चुन कुमारी चौधरीले सयुक्त रुपमा अनुगमन गर्नु भएको हो । पुर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत बेलौरी–कलुवापुर सडक अन्र्तरगत बन्साह दोमिल्ला सडकखण्ड, टोटी, चौधर नदीमा निर्माण भईरहेको पुल लगायतको आयोजनाहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा सामाजिक विकास मन्त्री लाल वहादुर खडकाले कलुवापुर बेलौरी सडक कञ्चनपुरको लागी महत्वपुर्ण सडक भएको हुदा यसलाई समयमै सम्पन्न गर्न र दक्षिणि भेगका जनताहरु लाई कञ्चनपुरको सदरमुकाम सम्म जोड्न लाई यसले महत्वपुर्ण काम गर्ने वताउनु भयो । यस सडकको लगभग पाँच किलोमिटर क्षेत्रमा शुक्लाफाटा राष्ट्रीय निकुञ्जले काममा रोक लगाउदा यो सडक पुर्ण नहुने भन्दै पटक पटक वन मन्त्रालयलाई अनुमति दिन अनरोध गर्दा समेत काम हुन नसकेको वताउनु भयो । प्रदेश सरकारले वन मन्त्रालय संग सहजताको लाई प्रयाश गरिरहेको भन्दै छिट्टै समस्या समाधान हुने समेत वताउनु भयो ।
अनुगमन गर्दै मन्त्रीद्वय खडका र चौधरीले प्रदेश सरकारबाट संचालित योजना समयमै गुणस्तरिय ढङगबाट संचालन गर्न निर्देशन दिएका छन ।भौतिक पुर्वाधार विकास राज्य मन्त्रि चुन कुमारी चौधरीले प्रदेश सरकार बाट सञ्चालित येजनाहरु समयमै सम्पन्न हुनु पर्ने भन्दै यसको गुणस्तरियताको लागी जनताले समेत ध्यान दिनु पर्ने वताउनु भयो । जनताले समेत निगरानी गर्न सके काममा ढिलासुस्ती नहुने र गुण्स्तरिय काम हुने समेत वताउनु भयो ।
पूर्वाधार विकास कार्यालय कञ्चनपृुरका प्रमुख दिपक नेगिले कलुवापुर बेलौरी सडकको काम तिव्र रुपमा भईरहेको र २२ किलोमिटर निर्माण सम्पन्न भईसकेको वताउदै विचको साढे चार किलोमिटरमा निकुञ्ज पर्ने र निकुञ्जले वातावरण प्रभाव मु्ल्यांकन नगरि कामकोे लागी अनुमति नदिदाहुदा काम हुन नसकेको वताउनु भयो ।
पूर्वाधार विकास कार्यालय कञ्चनपृुरकासुचना अधिकारी तथा ईन्जिनियर हेमराज भट्ट प्रदेश सरकारबाट संचालित सडक र पुलका योजनाहरु समयमै सम्पन्न हुने वताउदै यसको गुणस्तरमा कुनै कमी नगरिने वताउनु भएको छ ।

ताजा खबर

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?