कञ्चनपुर उद्योग वाणिज्य संघले मनायो प्रथम स्थापना दिवश

कञ्चनपुर उद्योग वाणिज्य संघले ३९औं वर्षमा आफ्नो प्रथम स्थापना दिवश मनाएको छ । शुक्रवार प्रथम स्थापना दिवशको अवशरमा वेदकोट नगरपालिकामा रहेको वैजनाथ वृद्धाश्रममा न्यानो कम्वल वितरण गरेर आफ्नो स्थापना दिवश मनाएको हो ।
कञ्चनपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापनाको ३९ औं वर्षमा प्रथम स्थापना दिवश को अवशरमा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्वर ७ मा रहेको वैजनाथ धाम जेष्ठ नागरि सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकहरुलाई न्यानो लुगा वितरण गरेको हो । चिसो मौसममा वृद्धाश्रममा रहेका वेसाहारा जेष्ठ नागरिकहरु लाई न्यानो लुगा सहयोग गरिएको हो ।
विहिवार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा उद्योग वाणिज्य संघका अध्यक्ष जंग वहादुर मल्ल नेतृत्वको टोलीले वृद्धाश्रममा रहेका वेसाहारा जेष्ठ नागरिकहरु लाई न्यानो कम्वल वितरण गरेका हुन । यसरी वेसाहारा भएका आमा वुवालाई न्याने लुगाले स्वागत गनुर्् पुण्यको काम भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले वताउनु भयो । कोरोना माहामारकिा कारण सरकारले भिडभाड नगर्न गरेको आग्रहका कारण समान्य रुपमा आफ्नो स्थापना दिवश मनाईएको हो ।
न्यानो कम्वल वितरण गर्दै अध्यक्ष मल्लले वाणिज्य संघको यो सहयोग सानो भए पनी आगामी दिनहरुमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । ‘यो त सानो सहयोगको झलक मात्र हो, अध्यक्ष मल्लले भन्नु भयो ‘यस्ता सहयोगहरु हामी निरन्तर गर्न चाहन्छौं’ । अध्यक्ष मल्ले स्थापना दिवशको अवशरमा वाणिज्य संघको स्थापना काल देखीका संस्थापकहरुलाई स्मरण गर्दै उहाहरुको योगदानको प्रसंसा समेत गर्नु भयो ।
यसै गरि स्थापना दिवशको अवशरमा कञ्चनपुर उद्योग वाण्ज्यि संघले साझ चियापान कार्यक्रमको आयोजना गर्दै केक समेत काटेको छ । कोरोना माहामारिका कारण धेरै ठुलो कार्यक्रम आयोजना नगरेको समेत वाण्ज्यि संघले जनाएको छ । कार्यक्रमको सञ्चालन उद्योग वाणिज्य संघका अधिकृत हेमराज भट्टले गर्नु भएको थियो ।

 

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?