ऐन नियमावली अनुसार कार्यसम्पादन गर्छु : प्रहरी प्रमुख चौधरी

कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम सिह चौधरीले प्रहरी ऐन नियमावलीमा उल्लेख भए अनुसार कार्यसम्पादन गर्ने बताउनु भएको छ । हालै कञ्चनपुरको प्रहरी प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी उपरिक्षक चौधरीले प्रहरी ऐन नियमावली अनुरुप काम गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।
शुक्रबार कञ्चनपुरका सञ्चारकर्मीहरु संगको परिचयात्मक कार्यक्रममा कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले आफ्नो प्राथमिकता अरको जस्तो बुदागत रुपमा नभएपनी जिल्लाको शान्ति सुरक्षाको लागी प्रहरी ऐन नियमावली अनुरुप काम गर्ने प्रतिबद्धता गरेका हुन । स्व. निर्मला पन्तको मुद्दालाई ईंकित गर्दै प्रहरी प्रमुख चौधरीले जिल्लामा केहि थातिरहेका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने समेत बताउनु भएको छ । ‘जिल्लामा आउने जो कोहिको पनी आफ्नै पालामा ठुला मुद्दाको टुङ्गो लागोस भन्ने ध्येय हुन्छ, उनले भने त्यो चाहाना मेरो पनी छ , यसमा म लाग्ने छु र सबैको सहयोगको पनी अपेक्षा गरेको छु । ’ कञ्चनपुरका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीको प्रहरी प्रधान कार्यालयको महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखामा सरुवा भए पछी चौधरीले कञ्चनपुरको प्रहरि प्रमुखको जिममेवारि पाएका हुन । यो भन्दा पहिले २०६२÷६३ को जन आन्दोलनका बेला प्रहरी निरिक्षकका रुपमा एघार महिना जिल्ला प्रहरी कार्यालयमा काम गरिसकेका छन ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?