ऐन नियमावली अनुसार कार्यसम्पादन गर्छु : प्रहरी प्रमुख चौधरी

कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम सिह चौधरीले प्रहरी ऐन नियमावलीमा उल्लेख भए अनुसार कार्यसम्पादन गर्ने बताउनु भएको छ । हालै कञ्चनपुरको प्रहरी प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी उपरिक्षक चौधरीले प्रहरी ऐन नियमावली अनुरुप काम गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।
शुक्रबार कञ्चनपुरका सञ्चारकर्मीहरु संगको परिचयात्मक कार्यक्रममा कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले आफ्नो प्राथमिकता अरको जस्तो बुदागत रुपमा नभएपनी जिल्लाको शान्ति सुरक्षाको लागी प्रहरी ऐन नियमावली अनुरुप काम गर्ने प्रतिबद्धता गरेका हुन । स्व. निर्मला पन्तको मुद्दालाई ईंकित गर्दै प्रहरी प्रमुख चौधरीले जिल्लामा केहि थातिरहेका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने समेत बताउनु भएको छ । ‘जिल्लामा आउने जो कोहिको पनी आफ्नै पालामा ठुला मुद्दाको टुङ्गो लागोस भन्ने ध्येय हुन्छ, उनले भने त्यो चाहाना मेरो पनी छ , यसमा म लाग्ने छु र सबैको सहयोगको पनी अपेक्षा गरेको छु । ’ कञ्चनपुरका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीको प्रहरी प्रधान कार्यालयको महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखामा सरुवा भए पछी चौधरीले कञ्चनपुरको प्रहरि प्रमुखको जिममेवारि पाएका हुन । यो भन्दा पहिले २०६२÷६३ को जन आन्दोलनका बेला प्रहरी निरिक्षकका रुपमा एघार महिना जिल्ला प्रहरी कार्यालयमा काम गरिसकेका छन ।

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?