श्रीमतीलाइ सरकारी तलब, पदको दुरुपयोग गर्दै हरेक पटक करार नियुक्ती

महेन्द्रनगर । स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत शिबराज सुनारले आफ्नी श्रीमतीलाई पटक पटक करारमा आफ्नै कार्यालयमा  नियुक्ती गर्ने गरेको तथ्य वाहिरिएको छ । उनले श्रीमती रेखा सुनारलाइ करारमा नियुक्ती दिएर घरमै बसाएर सरकारी तलब खुवाइरहेको तथ्य बाहिरिएको हो ।

२०७७ साल माघ १० गते स्वास्थ्य कार्यालयले ‘आत्महत्या रोकथाम तथा विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम’ अन्तरगत आवेदन खुला गरेको थियो । त्यसमा स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख सुनारले आफ्नी श्रीमती रेखा सुनारलाइ भर्ना गरेर शुक्लाफाटा कार्यक्षेत्रमा खटाएका थिए तर उनको कार्यक्षेत्र शुक्लाफाटा नगरपालिका रहेको भएपनि कहिलै शुक्लाफाटा नगएको जनस्वास्थ्य कार्यालय श्रोतबाट जानकारी प्राप्त भएको छ । शुक्लाफाँलाटाका विद्यालयहरुमा गरिने तालिम पनि सदरमुकाम स्थीत स्वास्थ्य कार्यालयमा गर्ने गरिएको र कार्यालयमै हाजिर लगाएर तलब खाने गरेको श्रोतको दाबी छ । रेखा सुनार कार्यालय प्रमुख सुनार संगै जनस्वास्थ्य कार्यालयको आवासमा बस्दै आएकी छिन । यस पुर्ब पनि शिवराज सुनारले २०७६।७७ मा सुचनामा उल्लेख गरेको भन्दा बाहिर गएर आफनी श्रीमतीलाइ जागिर खुवाएका थिए । कर्मचारी आवश्यक्ताको आवेदनमा implant तथा IUCD तालिम प्राप्त भएको हुनुपर्ने माग भएपनि IUCD तालिम नलिएकी आफनी श्रीमतीलाइ निवेदन दिन लगाइ जागरि खुवाएका थिए ।

त्यतिबेला आफनो प्रमाण पत्र नआइपुगेको र पछि पुग्ने भनेर आवेदन गर्न पठाएका थिए । धेरै जसो समय घुम्न जाने र आएर हाजिर लगाउने गरेको पाइएको छ । गत बर्ष मुस्ताङ घुम्न जादा पनि सरकारी गाडीको दुरुपयोग गर्दै बिदा नलिइ घुम्न गएका थिए । ठाडो निबेदनको भरमा आफनी श्रीमतीको करार सम्झौता थप्दै जाने गरेपनि बाहिरका अन्य स्टापहरुलाइ भने दुव्र्यावहार गर्ने र हेप्ने समेत गर्ने गरेको जनस्वास्थ्य कार्यालयका एक कर्मचारीले नाम नवताउने सर्तमा वताएका छन ।


प्रमुख सुनारले स्वास्थ्य कार्यालय भित्र कर्मचारीलाइ नै क्यानटिन राख्न लगाएर बिल भौचर मिलाउने गरिएको समेत पाईएको छ । नियम अनुसार कार्यालय भित्रको कर्मचारीले क्याक्टिन खोल्न मिल्दैन तर कार्यालय प्रमुख सुनारले नियम विपरित कार्य गरेका छन ।
यसरी नियम विपरित काम गरेको वारे कार्यालय प्रमुख सुनार लाई बुझ्न खोज्दा हल्ला चले जस्तो आफुले नियम विपरित काम नगरेको बताउनु भएको छ । उनले अनौपचारिक रुपमा कुरा गर्दै कार्यालयकै कुनै कर्मचारीले आफुलाई वदनाम गर्न खोजेको भन्दै कार्यालय प्रमुखले एक जना कर्मचारी करारमा भर्ना गर्न सक्ने समेत वताउनु भयो ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?