मझगाउँ विमानस्थल पुननिर्माणका लागी शिलान्यास

महेन्द्रनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मझगाउँ विमानस्थल पुननिर्माणका लागी शिलान्यास गरेका छन । विमास्थलमा रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक संरचना निर्माण गर्न बुधबार शिलान्यास गरिएको हो ।
शिलान्यास भए सँगै सुरक्षाको कारण देखाउदै २२ वर्षदेखि बन्द रहेको विमानस्थलको पुनः सचालनमा आउने भएको हो । मझगाउँ विमानस्थलमा १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक संरचना निर्माण हुने छन । विमानस्थल पुनःनिर्माणका लागि संघ सरकारको प्रदेश सरकारको भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिकाको लागत साझेदारीमा काम शुरु भएको हो ।
नागरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माणका कान्छाराम केएस जेभी निर्माण सेवा संग विक्रम सम्वत २०८१ माघ ८ गते भित्र काम सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेले समयमै गुणस्तरिय काम भए नभएको वारे नागरिहरुले निगरानी गर्नु पर्ने र ठेकेदार कम्पनी लाई आवश्यक निर्माण सामग्री उपलव्ध गर्न सहयोग गर्न समेत अनरोध गर्नु भयो । साथै उनले १ हजार ५ सय मिटरको रनवे लाई २५०० मिटर वनाउन पहल गर्ने र विमानस्थल सम्म जोड्ने सडक लाई चारलेनको वनाउन समेत वजेटको व्यवस्थापन गरिने बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री मान बहादुर धामीले प्रदेश सरकारले कञ्चनपुरको मझगाँउ विमान स्थल सञ्चालनका लागी स्थानीय तह, प्रदेश सरकार र संघ सरकारको साझेदारीमा काम भईरहेको हुदा प्रदेश सरकारले आवश्यक २५ प्रतिशत वजेट सम्वन्धित निकायमा पठाईसकेको बताउनु भयो । सरकारले बजेट विनियोजन गरिसकेको अवस्थामा गुणस्तरिय र समयमै काम सम्पन्न गर्न नागरिरकहरुले खवरदारी गर्नु पर्ने समेत उहाले वताउनु भयो ।
विमानस्थल पुननिर्माणको लागी तिन तहका सरकार तथा सबै नागरिक र जनप्रतिनििधहरुको अतुलनीय योगदान रहेको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र बिष्टले बताउनु भयो । दोधाराचादनी नगरपालिकाको १० प्रतिशत , भीमदत्तनगरपालिकाको १५ प्र्रतिशत , सुदुरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र संघ सरकारको ५० प्रतिशत लागत साझेदारीमा काम भईरहेको यस विमानस्थल पुननिर्माणको काम समयमै सम्पन्न गरिनु पर्ने समेत उहाले वताउनु भयो ।

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?