मझगाउ विमानस्थल पुनर्निमाणको काम शुरु हुने

महेन्द्रनगर । लामो समयको नागरिकहरुको दवावका कारण कञ्चनपुरको मझगाउ विमानस्थल पुनर्निमाणको काम शुरु हुने भएको छ । भीमदत्तनगरपालिका, दोधारा चादनी नगरपलिका, सुदुरपश्चिम प्रदेश सरकार र सङ्घीय सरकारको लागत साझेदारीमा विमानस्थलको पुनर्निर्माण प्रक्रिया अगाडी बढ्ने भएको हो ।
सोमबार मझगाउ विमानस्थल पुनः निर्माणका लागी साढे दुई वर्ष बनेको विमानस्थल पुनः सञ्चालन समितिले पत्रकार सम्मेलनको आयोजना गरी यही पौष २८ गते निर्माण प्रकृयाको शिलान्यास गरिने जनाएको हो ।पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक रमेश विचन्दले स्थानीय, प्रदेश र संघ गरि तिन तहको ४५ करोड ६६ लाख २४ हजार ७ सय १५ रुपैयाँ लागत साझेदारीमा विमानस्थल निर्माणको लागी पौष २५ गते निर्माण कम्पनी केएस–कान्छाराम कन्स्ट्रक्सन र नेपाल नागरिक उड्डयन प्राधिकरण बिच ठेक्का सम्झौता भईसकेकाले शिलान्याश हुन लागेको बताउनु भएको छ । कैलालीको तुलनामा कञ्चनपुरमा प्रसस्त मात्रामा पर्यटकीय स्थलहरु रहेको भए पनी कञ्चनपुरमा विमानस्थल सञ्चालन हुन नदिनेमा रारानीतिकदलका नेताहरु रहको समेत उहाले बताउनु भयो । ‘विसेष गरि नेकपा एमालेका नेता भिम रावल र लेखराज भट्टहरुले नै विमान स्थल सञ्चालन गर्न नदिन भुमिक खेलेका हुन, उनले भने ‘कञ्चनपुरमा गतिला नेता नभएर आज सम्म विमानस्थल सुचारु ह्ुन सकेन’।
‘कैलालीको धनगढी लाई मात्र नेताहरुले सुदुरपश्चिम मान्ने गर्दछन, संयोजक चन्दले भने , कञ्चनपुरमा विमानस्थल सुचारु हुन नदिने प्रयाश विफल भएको छ । , भारतका विभन्न शहरुहरुको लागी सबै भन्दा नजिकको गन्तव्य कञ्चनपुर नै रहेको हुदा याहाको विमान स्थल सञ्चालन हुनु अपरिहार्य रहेको समेत संयोजक चन्दले बताउनु भयो ।
विमानस्थल निर्माणमा सङ्घीय सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ र स्थानियतहको समेत २५ प्रतिशत लगानी रहेको छ । विस. २०५६ सालदेखी बन्द अवस्थामा रहेको विमानस्थलको पुनः निर्माण पक्रीया २२ वर्ष पछी अगाडी बढाइन लागेको हो । कूल ६६ बिगाहा क्षेत्रफमा फैलिएको मझगाँउ विमानस्थलको लम्बाइ १ हजार ६ सय ६२ मिटरको रहने छ । समितिले विमानस्थल सञ्चालनका लागी सहयोग गर्ने भीमदत्तनगरपालिका, दोधारा चादनी नगरपालिका, आम नागरिक, जनप्रतिनीधि लगायत सबैलाई धन्दयाद ज्ञापन गरेको छ ।

 

ताजा खबर

दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु...

महाकाली सिचाई आयोजनाको मूल नहरको उदघाटन हुन नसक्दा किसानहरु पानी पाउन बाट वन्चित

महेन्द्रनगर । राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढिरहेको महाकालि...

दुग्ध उत्पादक किसानहरु लाई खप्तड कृषि सहकारी द्धारा मिल्क क्यान सहयोग

महेन्द्रनगर ।कञ्चनपुरको खप्तड कृषि सहकारीले दुध व्यवशायलाई सुदृढ गर्न...

अब अन्तरिक्षमा ब्रेन ट्युमरको उपचार हुने

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?