सामाजिक विकास मन्त्रीद्धारा होल्डिंग सेन्टर अनुगमन

कोरोनाको नया भेरिएन्टलाई मध्यनजर गर्दै सुदुरपश्चिम प्रदेश सरकारले सिमानाकामा सावधानी अपनाएको बताएको छ । कोरोनाको सम्भावित खतरालाई मध्यनजर गर्दै भारतवाट आउने नागरिकहरु लाई सिमानाकामै एन्टीजन टेष्ट तथा खोप समेत लगाएर सुिरक्षित गन्तव्य सम्म पुर्याउन सुदुरपश्चिम प्रदेश सरकाकारले पहल गरेको जनाएको हो ।
आईतवार कोरोना नियन्त्रणको सिमानाकामा भईरहेको तयारि वारे सरोकारवालाहरुले अनुगमन समेत गरेका छन । सुदुर पश्चिम प्रदेशका समाजिक विकास मन्त्री लाल वहादुर खड्का नेतृत्वको टोलीले कैलाली तथा कञ्चनपुरका सिमानाकाहरुमा निर्माण गरिएका होल्डींग सेन्टरहरुको अनुगमन गरेका छन । कञ्चनपुरको गड्डाचौकी सिमाको अनुगमन गर्दै मन्त्री खड्काले शुरु देखी नै स्वास्थ्य परिक्षण लाई व्यवस्थित गरेको बताउदै सबै होल्डिङ्ग सेन्टर, अस्पताल लगायत लाई तयारि अवस्थामा राखेको बताउनु भयो । सुदुरपश्चिमको सिमानाका बाट धेरै मानिसहरुको आवत जावत हुने भएका कारण कोरोना माहामारि बाट जोगिने ठुलो चुर्नाति रहेका कारण यस बाट बच्न संघ सरकार र स्थानीय तह संग समेत समन्वय गष्ररहेको उहाले बताउनु भयो ।
यसै गरि अनुगमनका क्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले कञ्चनपुरमा शुरु देखिनै तयारि गरेर नाकामै चेकजाँच गरिएका कारण कोरोना संक्रमितको संख्या बढी जस्तो देखिएको बताउनु भयो । यस बाट बच्न सावधानी अपनाउनु पर्ने र जनचेतना जगाउनु जरुरी भएको समेत उहाले बताउनु भयो । “चुनौति धेरै रहेको छ असहज परिस्थीति पनी हुन सक्छ, उनले भने,तर मकेहि दिनमा यसको पुर्ण रुपमा व्यवस्थापन हुन्छ भन्ने आशा छ । ”
यता नेपाल सरकारको २९ करोड बढी आर्थीक सहयोगमा नेपालि सेना द्धारा कञ्चनपुरको भगतपुरमा निर्माण भईरहेको होल्डिङ्ग सेन्टरमा ३०० बेड तयारि अवस्थामा रहेका छन । यही पौष मसान्त सम्ममा काम सम्पन्न गरि सक्नु पर्ने उक्त होल्डिङ्ग सेन्टरको काम ९० प्रतिशत सम्पन्न भएको भए पनी रकम निकासामा सरकारले ढिलाई गर्दा समयमा काम सम्पन्न हुन सकेको छैन ।
कञ्चनपुर तथा कैलालीका सिमानाका बाट ठुलो संख्यामा मानिसहरु ओहोर दोहोर गर्ने हुदा कोरोनाको सम्भावित खतरा लाई नियन्त्रण गर्न प्रदेश सरकारले तयारि थालेको हो । पछिल्लो चरणमा आएको नयाम भेरिएन्ट बाट जोगिन तयारि गरेको भइ पनी सुदुर पश्चिममा कति संख्यामा नया भेरिएन्ट ओमिक्रोन देखिएको छ भन्ने वारे एकीन तथ्यांक भने सार्वजनिक गरिएको छैन ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?