वडा कार्यालय भवन उद्धघाटन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १६ को नव निर्मित कार्यालय भवन उद्धघाटन गरिएको छ । मंगलबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित कार्यालय भवनको उद्धघाटन गरेका हुन । वडाध्यक्ष सुरेन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रमका बिच नगर प्रमुख विष्टले नव निर्मित कार्यालय भवन उद्धघाटन गरेका हुन् । नगरपालिकाले सबै वडामा कार्यालय भवन निर्माण गर्ने योजनासहित संरचना निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको छ । सोही योजना अन्र्तगत वडा कार्यायल भवन निर्माण गरिएको हो । वडा कार्यालय भवन उद्धघाटन गदैँ नगर प्रमुख विष्टले सबै वडामा पुर्वाधार निर्माण गरि सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ कार्यालय भवन निर्माण गरिएको बताए । उनले कार्यालय भवन निर्माणले वडाको सेवालाई सहज हुने र र सामुदायिक भवनको रुपमा पनि भवनलाई प्रयोग गर्न सकिने बताए । ‘वडा कार्यालय भवनलाई कार्यालयको सेवामा मात्रै सिमित नराखि यसलाई बहुउद्देश्यीय भवनको रुपमा प्रयोग गर्न सकिने गरि निर्माण गरेका छौँ ।’ नगर प्रमुख विष्टले भने ‘कार्यालय सेवासँगै विभिन्न तालिम, बैठक, गोष्ठी आयोजना र अन्य सामाजिक कामका लागि पनि यसलाई प्रयोग गर्न सकिन्छ, यसको प्रत्यक्ष लाभ आम वडावासीलाई पाउनु हुन्छ ।’
नगरपालिकाले उपलब्ध श्रोत साधनको परिचालन गरि प्रतिफल र उत्पादनमुखीे नीति लिएको उनको भनाई छ । साथै वडा नम्बर १६ मा प्रसुती सेवा र कृषी तथा पशु सेवा पनि सञ्चालन गरिएको बताउँदै नगर प्रमुख विष्टले १६ नम्बर वडा विविध सम्भावन रहेकाले समृद्ध नगर निर्माणमा महत्वपुर्ण भुमिका रहेका समेत उल्लेख गरे । साथै सोही वडामा लामो समयदेखि बन्द मझगाँउ विमानस्थल सञ्चालनका लागि चाँडै नै निर्माण कार्यको तयारी भईरहेको समेत उनले बताए । भीमदत्त नगरपालिकाको महत्वपुर्ण लगानी साझेदारीमा निर्माण हुन लागेको मझगाउँ विमानस्थल यहि पुस २८ गते शिलान्यास हुने कार्यक्रम रहेको छ । त्यस्तै भीमदत्त–१६ का अध्यक्ष सुरेन्द्र विष्टले आफ्नै वडा कार्यालय भवनबाट जनतालाई सहज रुपमा सेवा दिन कार्यालय निर्माण गरिएको बताए । उनले भवन निर्माण भएपछि वडावासीलाई सेवा दिन सहज हुने बताए । त्यस्तै कार्यक्रममा बोल्दैँ स्थानीय समाजसेवी राजेन्द्र बहादुर चन्दले नगरपालिकाले विकासप्रेमी नेतृत्व पाएको बताउँदै पालिकाले विकास निर्माण कार्यमा गति लिएको बताए । साथै उनले लामो समय देखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनका लागि भीमदत्तले गरेको लगानी साझेदारीका लागि नगरपालिकालाई धन्यवाद समेत दिए ।

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?