वडा कार्यालय भवन उद्धघाटन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १६ को नव निर्मित कार्यालय भवन उद्धघाटन गरिएको छ । मंगलबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित कार्यालय भवनको उद्धघाटन गरेका हुन । वडाध्यक्ष सुरेन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रमका बिच नगर प्रमुख विष्टले नव निर्मित कार्यालय भवन उद्धघाटन गरेका हुन् । नगरपालिकाले सबै वडामा कार्यालय भवन निर्माण गर्ने योजनासहित संरचना निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको छ । सोही योजना अन्र्तगत वडा कार्यायल भवन निर्माण गरिएको हो । वडा कार्यालय भवन उद्धघाटन गदैँ नगर प्रमुख विष्टले सबै वडामा पुर्वाधार निर्माण गरि सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ कार्यालय भवन निर्माण गरिएको बताए । उनले कार्यालय भवन निर्माणले वडाको सेवालाई सहज हुने र र सामुदायिक भवनको रुपमा पनि भवनलाई प्रयोग गर्न सकिने बताए । ‘वडा कार्यालय भवनलाई कार्यालयको सेवामा मात्रै सिमित नराखि यसलाई बहुउद्देश्यीय भवनको रुपमा प्रयोग गर्न सकिने गरि निर्माण गरेका छौँ ।’ नगर प्रमुख विष्टले भने ‘कार्यालय सेवासँगै विभिन्न तालिम, बैठक, गोष्ठी आयोजना र अन्य सामाजिक कामका लागि पनि यसलाई प्रयोग गर्न सकिन्छ, यसको प्रत्यक्ष लाभ आम वडावासीलाई पाउनु हुन्छ ।’
नगरपालिकाले उपलब्ध श्रोत साधनको परिचालन गरि प्रतिफल र उत्पादनमुखीे नीति लिएको उनको भनाई छ । साथै वडा नम्बर १६ मा प्रसुती सेवा र कृषी तथा पशु सेवा पनि सञ्चालन गरिएको बताउँदै नगर प्रमुख विष्टले १६ नम्बर वडा विविध सम्भावन रहेकाले समृद्ध नगर निर्माणमा महत्वपुर्ण भुमिका रहेका समेत उल्लेख गरे । साथै सोही वडामा लामो समयदेखि बन्द मझगाँउ विमानस्थल सञ्चालनका लागि चाँडै नै निर्माण कार्यको तयारी भईरहेको समेत उनले बताए । भीमदत्त नगरपालिकाको महत्वपुर्ण लगानी साझेदारीमा निर्माण हुन लागेको मझगाउँ विमानस्थल यहि पुस २८ गते शिलान्यास हुने कार्यक्रम रहेको छ । त्यस्तै भीमदत्त–१६ का अध्यक्ष सुरेन्द्र विष्टले आफ्नै वडा कार्यालय भवनबाट जनतालाई सहज रुपमा सेवा दिन कार्यालय निर्माण गरिएको बताए । उनले भवन निर्माण भएपछि वडावासीलाई सेवा दिन सहज हुने बताए । त्यस्तै कार्यक्रममा बोल्दैँ स्थानीय समाजसेवी राजेन्द्र बहादुर चन्दले नगरपालिकाले विकासप्रेमी नेतृत्व पाएको बताउँदै पालिकाले विकास निर्माण कार्यमा गति लिएको बताए । साथै उनले लामो समय देखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनका लागि भीमदत्तले गरेको लगानी साझेदारीका लागि नगरपालिकालाई धन्यवाद समेत दिए ।

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?