सुदूरपश्चिम विश्वविद्यालयका वेथिती विरुद्ध आन्दोलन जारी : अनेरास्ववियू

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयका वेथिती विरुद्ध आन्दोलन जारी राख्ने नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले वताएको छ । सुदूरपश्चिम विश्वविद्यालयलाई कमाईखाने भाँडो बनाउने प्रवृतिका विरुद्ध डटेर लाग्ने समेत विद्यार्थी संगठनले वताएको छ ।
विश्वविद्यालयका बेथिति बिरुद्धमा आन्दोलनरत अनेरास्ववियूले केही पदाधिकारी एव व्यक्तिले विश्वविद्यालय कमाईखाने भाँडो बनाउने काम गरेको भन्दै सोमवार कञ्चनपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दैै विगतमा भएका आन्दोलन भन्दा फरक ढंगले अघि बढ्ने जनाएको हो । जनताले पसिना वगाएर स्थापना गरेको विश्वविद्यालयलाई रानीतिक भागवण्डा र आसेपासेहरुको भर्तिकेन्द्रको रुपमा झोले विश्वविद्यालय वनाएकामा आपत्ती जनाउदै शैक्षिक गुण्स्तर सुधार हुनुपर्नेमा जोड दिउको हो ।
पदाधिकारीले विश्वविद्यालयमा हित विपरित आफ्नो धन्दा संचालन गरिरहेको आरोप लगाउदै गरिव विद्यार्थीहरुलाई मार पार्ने गरि गरिएको शुल्क वृद्धी खारेज गरिनु पर्ने र विश्वविद्यालयलाई आर्थीक भार पर्ने गरि रातारात गरिएका नियुतिmहरु समेत खारेज गरिनु पर्ने जनाएको छ । विश्वविद्यालयलाई बन्धक राखी काठमाण्डौँ जाने र आफ्नो झोलामा विश्वविद्यालय वनाउने प्रवृति हावि भएको समेत जनाएको छ ।
अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रमेश पन्तले विश्वविद्यालयलाई तहस नहस पार्न केही व्यक्ति नै सकृय भएकाले त्यसका बिरुद्धमा अनेरास्ववियूले तालाबन्दी गरेर आन्दोलन अघि बढाएको बताएका छन । ‘विश्वविद्यालय सुधारका लागि कडा आन्दोलनमा आन्दोलनमा उत्रिएका छौँ, ‘उनले भने, ‘हामी भागबण्डाका लागी होईन, गलत प्रवृतिका विरुद्धको संघर्षमा छौँ ।’ विश्वविद्यालयले विद्यार्थी भर्नाको लागी सहुलियत गर्नुको सट्टा झन असहज गराउने काम गरेको बतादै उनले ‘कक्षा १२को रिजल्ट आईसक्दा पनी विश्वविद्यालयले भर्ना प्रकृया लम्व्याएको वताए, ।
अनेरास्ववियूका केन्द्रीय सदस्य प्रज्वल कुँवरले विश्वविद्यालय समाप्त पार्न केहि निजी शैक्षिक संस्थामा लगानी गरेका प्राध्यापकहरुनै लागिरहेको आरोप लागाए । उनले दोहोरो प्राध्यापन अन्त्य गर्नुपर्नेमा जोडदिए डीनको अधिकार कटौती गरेर काम बिहीन बनाएर आवश्यक्ता नहुदा समेत साहायक डीन नियुक्ती गरिएको बताउदै सम्पुर्ण नियुक्ती खारेजहुनु पर्नेमा जोड दिनु भयो । प्रवेस परीक्षाको शुल्क समेत दोब्बर लिएर विपन्न गरिब समुदायका विद्यार्थीको टाउकोमा आर्थिक भार थमाएकाले प्रवेस परीक्षा फिर्ता र बृद्धि गरिएको शुल्क फिर्ता लिनुपर्ने बताए । अनलाईन परीक्षामा आफु निकट विद्यार्थीका उत्तरपुस्तिका अवैधानिक तरिकाबाट परीक्षण गरि उपरीक्षामा उर्तिण गर्न लगाएकोले मर्यादा विपरितका कार्य गर्ने, राजनीतिक धाकधम्की दिन लगाउने काम गरेको गम्भिर आरोप समेत संगठनले लगाएको छ ।
विद्यार्थी नेता समेत रहेका नेकपा एकिकृत समाजवादी कञ्चनपुरका नेता महेशराज जोशीले दोहारे अध्यापन गर्ने प्राध्यायापकहरुको भण्डाफोर गरिने र शैक्षिक सुधारका लागी आफुहरु जस्तोसुकै सजाय भोग्न पनी तयार रहेको वताउनु भयो । विश्वविद्यालय सुधार गर्नको सट्टा पद जोगाउन राजधानी गएको भन्दै उपकुलपति डा. अम्मराज जोशीलाई राजनीति गर्ने भए राजीनामा गरेर आउन समेत उनले चेताउनी दिएका छन । विश्वविद्यालयमा केही प्राध्यापक राजनीतिक नेताको चाकडी गरेर छिर्ने र त्यहाँ प्राध्यापन भन्दा पनि राजनीत गर्ने प्रवृतिले विश्वविद्यालयको गुणस्तर खस्किरहेको समेत जोशीले बताएका छन । अवको आन्दोलन कसैको लालच र दवावमा नरोकिने समेत अनेरास्ववियुले जनाएको छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?