मकर स्नान तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने

कञ्चनपुरको भीमदत्तनगर नगरपालिका वडा नम्वर १२ स्थीत महाकाली नदी तटमा माघे संक्रान्तीको अवशरमा मकर स्नान आरम्भ हुने भएको । माघे संक्रान्तीको अवशरमा भीमदत्तनगर नगरपालिका वडा नम्वर १२ ओदाली स्थीत बैजनाथ सिद्धनाथ मन्दिर सेवा समिति कञ्चनपुरको आयोजनामो महाकाली नदी तटमा मकर स्नान तथा श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना हुने भएको हो ।
आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले नेपालका प्रथम ऐतिहासिक जगतगुरु अनन्तश्री विभुसित वालसन्त मोहनशरण देवाचार्यमहाराजले लामो अनुसन्धान पश्चात नेपालका विभिन्न नदहिरुको पौराणिक महत्व वर्णन गरे अनुसार पवित्र मानसरोवर वाट उत्पत्ती भएका सुदुरपश्चिमका विभिन्न नदीनाला मध्ये महाकाली नदीमा स्नान गरेमा ठुलो पुण्य मिल्ले हुदा यस वर्षदेखी मकर स्नान आरम्भ हुने जनाएको हो । भारतका विभिन्न तिर्थस्थल जानु भन्दा नजिकै रहेको महाकाली नदीमा स्नान गर्ने र आत्मशुद्धी गर्ने उद्देश्यले मकर स्नानको आरम्भ हुन लागेको मकर स्नान तथा श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ मूल आयोजक समिती संयोजक देवी भारतिले बताउनु भयो । स्नानले नै मान्छेको स्मरण शक्ती बढ्ने मनमा शान्ती मिल्ने तथा हिन्दु धर्मग्रन्थ अनुसार स्नानको ठुलो महत्व छ रहेको कुरा समेत उहाले बताउनु भयो । उक्त मकर स्नान कार्यक्रमको नेपालका प्रथम ऐ्तिहासिक जगतगुरु वालसन्त मोहनशरण देवाचार्यमहाराज बाट यही २० गते ध्वजाआरोहण गरि शुभारम्भ गरिने कार्यक्रम रहेको छ भने उक्त मकर स्नान हुने ठाँउको श्री हरिहर स्नान घाट नामाकरण गरेर अव उप्रान्त प्रत्येक वर्ष कार्यक्रम आयोजना हुने समेत आयोजकले बताएका छन । यसै अवशरमा बैजनाथ सिद्ध नाथ मन्दिरमा माघ १ गते देखी ७ गते सम्म सञ्चालन हुने श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञमा आचार्य श्रीयुत् मोतीराम पनेरु बाट मूल पाठ तथा पूजा अर्चना गरिने र अवधूत बालक बाबा श्री १०८ लक्ष्मण भारतीको मुखारबिन्दुबाट प्रवचन तथा भजन कीर्तन गरिने कार्यक्रम रहेको छ । माघ १ गते कलश यात्रा तथा देवीदेवताका झाँकी समेत प्रस्तुत हुने यज्ञ व्यवस्थापन समितिले जनाएको छ । महायज्ञमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म योग साधना, ७ बजेदेखि ९ बजेसम्म पूजा अर्चना, ९ बजेदेखि श्रीमद्भागवत मूल पाठ , दिउँसो १२ बजेदेखि १ बजेसम्म विश्राम, ५ बजेसम्म सङ्गीतमय प्रवचन र ७ बजेदेखि १० बजे राती सम्म सत्सङ्ग, भजन र्कीतनको कार्यक्रम रहेको यज्ञ व्यवस्थापन समितिले जनाएको छ । माघ १ गते स्नान सहित यज्ञमा पाल्नुहुन आयोजकले सम्पूर्णमा आग्रह समेत गरेको छ ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?