संघियता पछी शुरु भयो दुर्गम क्षेत्रको विकास

देशमा संघियता आए पछी नागरिकहरुले केहिहद संम्म भए पनी विकासको अनुभुति गर्न पाएका छन । शहर केन्द्रीत विकास गाँउ तथा दुर दराज सम्म पुगेपछी कृष्णपुर नगरपालिकाका दुर्गम क्षेत्रका नागरिकहरुले समेत परिवर्तनको अनुभुति गर्न पाएका छन । लामो समय पछीको संघर्षपछी शासन व्यवस्था फेरिए संगै नेपाल पनी संघियतामा गयो ।
केन्द्रकृत राज्यसत्ताका कारण गाँउ तथा विकट ठाँउहरुका नागरिकले विकासको अनुभुति गर्न नसकेको अवस्थामा देशमा संघियतामा गए पछी केहि हद सम्म भए पनी विकासको अनुभुति समेत भयो । संघियता पछी नै कञ्चनपुरको निर्वाचन क्षेत्र नम्वर २ अन्तर्गत कृष्णपुर नगरपालिका का चुरे क्षेत्र लगायत अन्यक्षेत्रका नागरिकहरुले समेत विकासको अनुभुति गर्न पाएका छन । सुदुरपश्चिम प्रदेश सरकार गठन भए संगै माननीय महेशदत्त जोशीलाई स्थानीय जनताले निर्वाचित गराए पछी उनकै पहलमा विपन्न वस्तिहरुमा विकास निर्माणको आरम्भ गरियो । राज्यको कहिल्यै नजर नपुगेको यस भेगका जनताले समेत शुद्ध पिउने पानी, सडकको सुविधा, सिचाँईको सुविधा तथा कृषिमा समेत आत्म निर्भर वन्न सकेको महसुस गरिरहेको छन । प्रदेश सरकार गठन भए देखी नै जनताको समस्या राख्दै जादा अहिलेकेहिद सम्म समस्या समाधान भएको कञ्चनपुरको निर्वाचन क्षेत्र नम्वर २ का प्रदेशसभा सदस्य महेशदत्त जोशीको भनाई रहेको छ । देश संघियतामा गए पछी दुर्गम भेगमा समेत स्वास्थ्य, शिक्षा , खानेपानि तथा कृषिमा महत्वपुर्ण उपलव्धी भएको उहाको भनाई रहेको छ । प्रदेशसभामा अहिले सम्म ५६ वटा ऐनहरु समेत पारित भएको वताउदै सांसद जोशीले जनताहरु अहिले कानूनी राज्यमा भएको महसुस गर्दै विकास निर्माणमा सहभागि भईरहेको समेत उहाले बताउनु भयो ।
नेपाल जस्तो अल्पविकसित र सानो मुलुकका लागी संघियता खासै आवश्यक नभएको भन्ने केहि थरि व्यक्तिहरुको धारणा समय समयमा आउने गरेको भए पनी दुर्गम क्षेत्रमा यसले केहि हदसम्म नागरिकहरुलाई आत्मनिर्भर बनाउन सहयोग गरेको देखिन्छ । कृषि, व्यापार तथा अन्य क्षेत्रमा समेत महिला सहभागिता समेत बढदै गएको छ भने उनीहरुको आर्थिक स्तरमा समेत बढोत्तरी भएको देखिन्छ ।

 

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?