देशभर १३ हजारभन्दा बढी शिक्षक माग

काठमाडौँ – शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ।

आज आयोगले १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुला गरेको हो। आयोगले जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षकको संख्या नै उल्लेख गरेर आवेदन माग गरेको छ। माघ १३ गतेसम्म आवेदन फारम भर्न सकिन्छ भने चैत १९ गतेदेखि लिखित परीक्षा हुनेछ।

आयोगले प्रावि तृतीय श्रेणीका लागि शिक्षक माग गरेको हो। खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले शिक्षक आवेदन गरिएको आयोगले जनाएको छ। आयोगकै अनलाइनबाट आवेदन फारम भर्न सकिन्छ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन फारम भर्न पाउँछन्। यसअघि आयोगले निमावि शिक्षक पनि माग गर्दै आवेदन खुला गरेको थियो।

 

   

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?