नेपाल बैंक महेन्द्रनगर शाखाद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

महेन्द्रनगर । नेपालको पुरानो बैंक नेपाल बैंक लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । सोमबार बैंकको महेन्द्रनगर शाखाले भीमदत्त नगरपालिकासँगको सहकार्यमा ‘अबको चरण, वित्तिय समावेशिकरण’ भन्ने नाराका साथ वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
वित्तिय साक्षरता कार्यक्रमको उद्धघाटन गदैँ नगर प्रमुख सुरेन्द्र विष्टले सबैले वित्तिय साक्षरता अभियानमा सबैलाई जोडिनु आह्वान गरे । उनले नगदरहित अर्थतन्त्रको अवधारण विकास हुदैँ गएकोले आम नागरिकले वित्तिय रुपमा पनि साक्षर हुनु पर्ने बताए ।  साथै नगरपालिकाले उद्यमशिल ईच्छाशक्ती भएका नगरवासीलाई उत्पादनसँग जोड्न मेयर उद्यमशिता कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गरिने बताउँदै त्यसका लागि कार्यालयले कार्यक्रमलाई तिव्रताका साथ अघि बढाईने उनले बताए । नेपाल बैंक लिमिडेट महेन्द्रनगर शाखा प्रवन्धक महेशराज जोशीले वित्तिय साक्षरता सम्बन्धि सहभागीलाई प्रशिक्षण गराएको थिए । उनले नेपाल बैंकको स्थापना, बैंकिङ सेवा, वित्तिय सारक्षताबारे जानकारी गराएको थिए । उनले धनको सुरक्षा र उपयोगका लागि सबैले बैकिङ कारोबारसँगै जोडिनु पर्ने बताए । प्रविधियुगसँगै अनलाईन बैकिङको सेवा विस्तार हुदैँ गईरहेकाले वित्तिय साक्षर अभियान अत्याआवश्यक भएको उनको भनाई छ । कार्यक्रममा ८० जना स्थानीयको सहभागिता रहेको थियो ।

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?