नेपाल बैंक महेन्द्रनगर शाखाद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

महेन्द्रनगर । नेपालको पुरानो बैंक नेपाल बैंक लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । सोमबार बैंकको महेन्द्रनगर शाखाले भीमदत्त नगरपालिकासँगको सहकार्यमा ‘अबको चरण, वित्तिय समावेशिकरण’ भन्ने नाराका साथ वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
वित्तिय साक्षरता कार्यक्रमको उद्धघाटन गदैँ नगर प्रमुख सुरेन्द्र विष्टले सबैले वित्तिय साक्षरता अभियानमा सबैलाई जोडिनु आह्वान गरे । उनले नगदरहित अर्थतन्त्रको अवधारण विकास हुदैँ गएकोले आम नागरिकले वित्तिय रुपमा पनि साक्षर हुनु पर्ने बताए ।  साथै नगरपालिकाले उद्यमशिल ईच्छाशक्ती भएका नगरवासीलाई उत्पादनसँग जोड्न मेयर उद्यमशिता कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गरिने बताउँदै त्यसका लागि कार्यालयले कार्यक्रमलाई तिव्रताका साथ अघि बढाईने उनले बताए । नेपाल बैंक लिमिडेट महेन्द्रनगर शाखा प्रवन्धक महेशराज जोशीले वित्तिय साक्षरता सम्बन्धि सहभागीलाई प्रशिक्षण गराएको थिए । उनले नेपाल बैंकको स्थापना, बैंकिङ सेवा, वित्तिय सारक्षताबारे जानकारी गराएको थिए । उनले धनको सुरक्षा र उपयोगका लागि सबैले बैकिङ कारोबारसँगै जोडिनु पर्ने बताए । प्रविधियुगसँगै अनलाईन बैकिङको सेवा विस्तार हुदैँ गईरहेकाले वित्तिय साक्षर अभियान अत्याआवश्यक भएको उनको भनाई छ । कार्यक्रममा ८० जना स्थानीयको सहभागिता रहेको थियो ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?