दार्चुलाको एकीकृत कार्ययोजनाको काम आधाजसो कार्यान्वयनमा

मङ्सिर २६ गते । दार्चुलाको छाङरु, व्यास र टिङ्कर क्षेत्रको समग्र विकासका लागि ल्याइएको एकीकृत कार्ययोजना आधाजसो कार्यान्वयनमा आएको छ । कार्ययोजना सञ्चालनमा आएको एक वर्षभित्रै ५० प्रतिशत काम सकिएको छ ।
कार्ययोजनाका अधिकांश शीर्षकको काम चालू आर्थिक वर्ष ०७८÷७९ को अन्त्यसम्म पूरा हुनुपर्नेछ । सरकारले सो क्षेत्रको समग्र विकासका लागि गत वर्ष कार्ययोजना ल्याएको हो।

कार्ययोजनाअनुसार अहिले  सो क्षेत्रमा भौतिक पूर्वाधारलगायत आधारभूत विकास निर्माणका कामलाई तीव्रता दिइएको छ । केही महिनाअघिसम्म पाँच सय मिटर घोडेटो बाटोको अभावमा छाङरुवासीलाई सदरमुकाम खलङ्गा आवतजावत गर्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने बाध्यता थियो । अहिले नेपाली सेनाले घाँटीबगरदेखि छाङरु जोड्ने ४५० मिटर घोडेटो बाटोको ट्र्याक खोली सेनाले स्थानीयवासीलाई हस्तान्तरण गरिसकेको छ । बाटो खुलेसँगै बाध्यता भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
नेपाली सेनाको दार्चुलास्थित विकास निर्माण कार्यदल गणका गणपति रमेश गुरुङले भन्नुभयो, “अहिले भारतीय बाटो प्रयोग गर्न बाध्यता नरहे पनि मानिसहरू आफ्नो इच्छाअनुसार प्रयोग गरेको पाइन्छ । ”

२०७७ साल वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले महाकाली कोरिडोर (दार्चुला–टिङ्कर सडक योजना)अन्तर्गत उत्तरतर्फ रहेको ८७ किलोमिटर सडकखण्ड नेपाली सेनामार्फत निर्माण गराउने निर्णय गरेको थियो । व्यास गाउँपालिका भारत र चीनसँगको सिमानासँग जोडिएको छ ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले त्यहाँ ५० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । गृह मन्त्रालयले सो कार्ययोजना ल्याइएको थियो ।
मन्त्रालयका अनुसार व्यास गाउँपालिका टिङ्करस्थित सशस्त्र प्रहरी बल नेपालको बीओपी भवन निर्माणको ठेक्का भई निर्माण कार्य अन्तिम चरणमा रहेको छ । त्यसैगरी सोही गाउँपालिकाको दुम्लिङस्थित बीओपी निर्माणको लागि जग्गा प्राप्त भइसकेको छ ।
जिल्ला प्रशासन कार्यालय, दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले कार्ययोजनाको बाँकी कार्य जारी रहेको बताउनुभयो । सो क्षेत्रको सुरक्षाका लागि अगाडि सारिएको कार्ययोजनाअनुसार टिङ्करमा नेपाल प्रहरीको चौकी स्थापना भई सञ्चालनमा आइसकेको छ ।

त्यसैगरी सो क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको कार्यान्वयन एकाइबाट अहिलेसम्म ५२ हजार स्याउको बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ । उहाँका अनुसार टिङ्करमा सीमा प्रशासन कार्यालय स्थापना हुने क्रममा रहेको छ । सो क्षेत्रमा दूरसञ्चारको टावर जडान भई सञ्चार सेवा सञ्चालन भइसकेको छ । त्यसैगरी व्यास गाउँपालिकामा हेलिप्याड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

व्यास गाउँपालिकाको छाङरु–टिङ्कर घोडेटो बाटो निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । त्यसका लागि तीन करोड ३२ लाख रुपियाँ बजेट विनियोजन गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो । त्यसैगरी महाकाली नदीमा रहेको सीतापुललगायतका अन्य काठेपुलको निर्माण तथा मर्मत कार्य भइरहेका छन् ।

गोरखापत्रबाट   साभार

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?