माओवादी केन्द्र कञ्चनपुरका पालिका सम्मेलन कृष्णपुर नगरको अध्यक्षमा चौधरी

कञ्चनपुर, ११ मंसिर
नेकपा माओवादी केन्द्र कञ्चनपुरका पालिका सम्मेलन शुरु भएका छन । नेकपा माओवादी केन्द्रको आगामी पुषमा हुने राष्ट्रिय सम्मेलनको तयारीका लागि यस अघि वडा सम्मेलन सकेर माओवादी केन्द्रले शनिबारदेखि पालिका सम्मेलन शुरु गरेको हो । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता लाल परियारले कञ्चनपुरमा पनिपालिका सम्मेलन शुरु भएको बताए । नेता परियारका अनुसार पहिलो दिन भीमदत्त, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा सम्मेलन शुरु भएका छन ।
माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज खगराज भट्ट, सह इन्चार्ज लक्ष्मण दजत्त जोशी सचिव देविलाल चौधरी, प्रदेश सदस्य टेकेन्द्र प्रशाद भट्ट, ओम विक्रम भाट (सरल) लगायतका केन्द्र, प्रदेश जिल्लाका नेताहरुको उपस्थितिमा पालिका सम्मेलन शुरु भएका छन ।
पालिका सम्मेलनबाट नेतृत्व सहित कार्य योजना पारित गरिने नेता परियारले बताए । बाँकी पालिहरुमा क्रमिक रुपमा हुने बताए । माओवादी केन्द्र कञ्चनपुर राष्ट्रिय सम्मेलनको तयारीका लागि विवादरहित ढङगबाट अघि बढेको उनको भनाई छ । जिल्लाका ९ पालिकामा ९२ वडाहरुमा सम्मेलन सकेर पालिका सम्मेलनमा जुटेको छ ।
नेकपा माओवादी केन्द्र कृष्णपुरको अध्यक्षमा जोगराज चौधरी चयन भएका छन । शनिबार माओवादी केन्द्र कृष्णपुरको प्रथम नगर सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको हो । नेकपा माओवादी केन्द्र कञ्चनपुरमा जिल्ला सदस्य अर्जुन साउदले सहमतीय आधारमा नेतृत्व चयन गरिएको बताए । उनका अनुसार अध्यक्षमा जोगराज चौधरीको अध्यक्षमा ६५ सदस्यीय नगर कमिटि विस्तार भएको छ । उपाध्यक्ष पुनाराम चौधरी, लक्ष्मण ओड, मख्खन दहित, सचिव जगदिश मल्ल, सह सचिव सरद साउद, कोषाध्यक्ष रोजना खत्री सहितका ६५ सदस्यीय चयन भएका छन । माओवादी केन्द्र कृष्णपुरको नवनिर्वाचित कमिटलाई माओवादी केन्द्रका केन्द्रंीय सदस्य तथा सुप प्रदेश सह इन्चार्ज लक्ष्मण दत्त जोशीले सपथ ग्रहण गराएका छन । कार्यक्रममा माओवादी केन्द्र केन्द्रीय, प्रदेश एव जिल्लाका नेताहरुको सहभागिता रहेको थियो ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?