भीमदत्त नगरमा बाल विकासका शिक्षक र विदालय कर्मचारीको निरन्तर आन्दोलन

कञ्चनपुर, ९
कञ्चनपुरको भीमदत्त नगरपालिका बिरुद्धमा बाल विकासका शिक्षक र विद्यालय कर्मचारीले निरन्तर आन्दोलन जारी राखेका छन ।
संघ सरकारले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास र विद्यालय कर्मचारीको बृद्धि गरेको पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग अघि सारेर निरन्तर आन्दोलन जारी राखेका छन ।
भीमदत्त नगर सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षक र विद्यालय कर्मचारी बुधबारदेखि भीमदत्त नगरमा आन्दोलित शुरु गरेका थिए । शुक्रबार पनि नगरपालिकामा धर्ना, बिरोध प्रर्दशन र बजारमा बिरोध ¥याली निकालेका छन ।
भीमदत्त नगरका बाल विकास विकास शिक्षक र विद्यालय कर्मचारीले श्रम शोषण गर्ने स्थानीय सरकार मुद्र्दावाद भन्दै नाराबाजी गरिरहेका थिए । माग सुनुवाई नभएरपछि निरन्तर आन्दोलन गरिएको विद्यालय कर्मचारी महानन्द पाण्डेले बताए । ‘हाम्रो मागले सुुनुवाई भएन, ‘उनले भने, ‘विद्यालय बन्द गरेर हामी आन्दोलित हुन बाध्य भएका छौँ ।’ विद्यालय कर्मचारी, बाल विकासको आन्दोलनका कारण नगरका विद्यालयको पठन पाठन र नगरपालिकाको कामकाजमा समेत प्रभाव परेको छ ।
संघ सरकारले चालु आर्थिक बर्ष २०७८÷०७९ मा सामुदायिक विद्यालयका कार्यरत बाल विकासका शिक्षक, कर्मचारीको मासिक १५ हजार पु¥याउने घोषणा गरेको थियो । तत्तकालिन एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारले बाल विकासका शिक्षक, विद्यालय कार्यालय सहयोगीको मासिक १५ हजार र लेखातर्फका कर्मचारीको एकमुष्ठ २० हजार २ सय रुपैया मासिक पु¥याउने घोषणा गरेपनि भीमदत्त नगरपालिकाले बृद्धि नगरेको भन्दै बाल विकासका शिक्षक, कार्यालय सहयोगी र लेखापालले नगरपालिका बिरुद्धमा आन्दोलन गरेका हुन ।
यस अघि भीमदत्त नगरपालिकालाई चालु आर्थिक बर्षमा बृद्धि गरिएको पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग अघि सारेर ज्ञापन पत्र डेलिगेशन दिएका थिए । तर पनि भीमदत्त नगरपालिकाले वेवास्ता गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन । बिहीबार भीमदत्त नगरपालिकाको नगर शिक्षा शाखामा तालाबन्दी गर्दै धर्ना तथा बिरोध गरिरहेका छन । नेपाल विद्यालय कर्मचारी परिषद् कञ्चनपुरका कोषाध्यक्ष मेख नाथले संघ सरकारले बृद्धि गरेको पारिश्रमिक अन्य पालिकाले दिएपनि भीमदत्त नगरपालिकाले आलटाल गरेकाले तालाबन्दी गरेर आन्दोलित हुनु परेको बताए । आन्दोलनका कारण भीमदत्त नगर शिक्षा शाखाको कामकाज दुईदिनदेखि ठप्प भएको छ । भने विद्यालयको पठन पाठन बन्द, लेखा प्रशासन र विद्यालय बन्द भएपनि भीमदत्त नगरपालिका क्षेत्रमा सामुदायिक विद्यालयका अध्ययनरत विद्यार्थी मारमा परेका छन । ‘अन्य पालिकाले पारिश्रमिक दिन हुने धनी र हाम्रो नगरपालिकाले किन ?दिन नहुने हामीमाथि विभेद गरियो, ‘नेपाल विद्यालय कर्मचारी परिषदका कोषाध्यक्ष नाथले भने, ‘कञ्चनपुरका अन्य पालिकाले संघ सरकारले गरेको निर्णय पालना गरेको छ, तर भीमदत्त नगरले गरेको छैन ।’
नेपाल बाल विकास शिक्षक संघर्ष समिति कञ्चनपुरका सचिव लक्ष्मी पाण्डेले हामी न्यून पारिश्रमिकमा काम गर्दै आएका बाल विकास शिक्षक, विद्यालय कर्मचारी र लेखा समुहका कर्मचारीमाथि विभेद र उपेक्षा गरिएको बताए । उनले भीमदत्त नगरका जनप्रतिनिधीले आफुहरुसंग दादागिरी र तानाशाही प्रवृतिमा व्यवहार गर्ने गरेको दुखेसो पोखिन । ‘जनप्रतिनिधीले हाम्रो कुरै सुन्दैन, ‘उनले भनिन, ‘हाम्रो पीडा बुझ्ने कामै हुँदैन, कम्यूनिष्ट जनप्रतिनिधीपनि यतिसम्म क्रुर हुँदा रहेछन ।’
निम्नस्तरका कर्मचारीको बृद्धि विकासका लागि कम्यूनिष्ट जनप्रतिनिधीले सहयोगको साटो उल्टै हेप्नेचेप्ने काम गरेको दुखेसो पोखिन । कोरोनाका कारण चालु शैक्षिक सत्रमा पठन पाठन हुन नसकेको भीमदत्त नगरका सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षक, विद्यालय कर्मचारीको आन्दोलनका कारण विद्यार्थी मारमा पर्दा समेत सरोकारवाला गैर जिम्मेबार बन्दै गएका छन । बाल विकासका शिक्षक, विद्यालय सहयोगी कर्मचारी र लेखा तर्फबाट कर्मचारीको पारिश्रमिकको माग अघि सारेर गरेको आन्दोलनमा सात शिक्षक संघ संगठनले ऐक्यबद्धता जाहेर गरेका छन । पेशागत हकहितको आन्दोलनप्रति सर्मथन जनाएका छन ।
नेपाल राष्ट्रिय शिक्षक संगठन नगर अध्यक्ष पुष्पराज ओझा, नेपाल शिक्षक संघ संघ नगर अध्यक्ष मदन बहादुर विष्ट, एकिकृत अखिल नेपाल शिक्षक संगठन नगर अध्यक्ष बिरेन्द्र प्रशाद भट्ट, अखिल नेपाल शिक्षक संगठन नगर अध्यक्ष गोपाल दत्त जोशी, अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष ओम प्रकास जोशी, शिक्षक सिकाई अनुदान सिकाई केन्द्रका अध्यक्ष बलबिर सिह भण्डारी र अखिल नेपाल शिक्षक संगठन इन्चार्ज पुष्पमणी जोशीले हस्ताक्षर गरेको विज्ञप्तीमा विद्यालय बन्दका कारण विद्यार्थीले पढने पाउने अधिकार गैसगिक अधिकारमा प्रभाव परेको हुँदा माग सम्बोधन गर्न माग अघि सारेका छन । माग पुरा नहुँदासम्म विद्यालय निरन्तर आन्दोलन बन्द हुने जनाईएको छ । भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले संघ सरकारले दायित्व सारेर पालिकामाथि भार थपेको बताए । केपी ओली नेतृत्वको यहाँहरुकै पार्टीको सरकारले बृद्धि गरेको पारिश्रमिक उपलब्ध गराउने निर्णय तपाईले कार्यान्वयन गर्न किन ? ढिलाई भन्ने प्रशनमा दोस्रो देउवा सरकारले दायित्य नदिएको बताए । विद्यालयको अनुगमन गरेर बृद्धि गरिएको तलब दिने बताए । उनीहरुले आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन ।

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?