कञ्चनपुरका युवा लोकेश जंग क्षेत्री निर्देशनमा किन होला ? (भिडियो)

महेन्द्रनगर । कलाकारिता क्षेत्रमा नव प्रवेशी युवा लोकेश जंग क्षेत्री(लोकेश ऐर) ले नयाँ म्युजिक भिडियो दर्शकमाझ ल्याएका छन् । क्षेत्रीले आफ्नै निर्देशनमा पहिलो म्युजिक भिडियो दर्शकमाझ ल्याएका हुन् । ‘किन होला’ गितको बोल रहेको म्युजिक भिडियो ओएसआर युटुयुब च्यानलबाट रिलिज भएको छ ।
दिलु पर्खिनको स्वर रहेको उक्त म्युजिक भिडियोमा समिर खान र प्रश्ना कार्की मुख्य भुमिकामा देखिएका छन् । समिर खान पछिल्लो समयमा चर्चित मोडल पनि हुन् । दजनौँ बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका समिरका सबै गित दर्शकमाझ लोकप्रिय छन् । त्यस्तै केशब पाण्डे र रितेष थापाको छायाँकन गरेको भिडियोमा विकाश विसीको सम्पादन रहेको छ ।
भिडियोमा प्रेम र रोमान्सका दृश्यलाई देखाइएको छ । गितमा प्रेमभावका भावना जागृत गराउने शब्द र दृश्य रहेकाले युवामाझ गित लोकपिर्य हुने निर्देशक क्षेत्रीको विश्वास छ ।
गितमार्फत कलाकारितासँगै निर्देशन नयाँ आयाम ल्याउन सानो प्रयास गरेको उनको भनाई छ । कञ्चनपुरका स्थानीय रहेका क्षेत्री काठमाडौँमा रहेर अध्ययनसँगै कलाकारिता गदैँ आएका छन् । बाल्यकालदेखि गाउन, नृत्यसँगै कलाकारितामा अभिरुचि भएका क्षेत्री आफुलाई रंगमञ्चामा रमाउन मन पर्ने बताउछन् ।

[Sassy_Social_Share total_shares="ON"]

Leave A Reply

Please enter your comment!
Please enter your name here

ताजा खबर

कृषिलाई आधुनिकीकरण तर्फ लैजादै युवा हरुलाई रोजगारीको अवशर प्रदान गर्ने कुमालको योजना

महाकाली पारीको गाँउ भनेर चिनिने कञ्चनपुरको दोधारा चादनीको...

भीमदत्त नगरपालिका नेकपा एमालेको प्रतिवद्धता सार्वजनिक

आसन्न स्थानीय तहको निर्वाचनका लागीे भीमदत्त नगरपालिका नेकपा एमालेले...

जनताको समस्या समाधान गर्ने रेगमीको प्रतिवद्धता

आशन्न बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि...

पाँच बर्षमा भीमदत्त नगर २ का जनप्रतिनिधीका यि हुन उपलब्धीहरु

कृष्ण दमाई कञ्चनपुरको भीमदत्त नगरपालिका २ नम्बर वडामा पाँच बर्षको...

लालझाडीमा जमिन नापजाँच शुरु

कञ्चनपुर, २४ कञ्चनपुरको लालझाडी गाँउपालिकामा जमिन नापजाँच शुरु गरिएको छ...
बेलोरि

Website developed by:

spot_img

छुटाउनु भयो कि ?