भीमदत्तका बाढीपीडितलाई खाद्यान वितरण

कञ्चनपुर, ३मंसिर
कञ्चनपुरका बाढीपीडितलाई खाद्यान्न वितरण गरिएको छ । आर्दश महिला समाज नेपालले टेवा संस्थाको आर्थिक सहयोगमा भीमदत्त नगरपालिका १३ पिपरैयाका महाकालीका बाढीपीडितलाई राहत वितरण गरेको हो । आर्दश महिला समाज नेपालले बाढी प्रभावित जनतालाई खाद्यान्न अभाव हुन नदिनका लागि शुक्रबार बस्तीमै पुगेर राहत वितरण गरेको छ । आर्दश महिला समाज नेपाल कञ्चनपुरका अध्यक्ष माया नेगीले टेवा संस्थाको आर्थिक सहयोगमा ९७बाढीपीडित घर परिवारलाई खाद्यान्नका साथै लत्ता कपडा समेत वितरण गरेको बताईन । अध्यक्ष नेगीका अनुसार आधारभूत आवश्यकताका खाद्य बस्तु चामल, दाल, नुन,तेल लगायत लत्ता कपडा वितरण गरेको बताईन । ‘हामीले जनप्रतिनिधीसंग सहकार्य र वडा विकास संस्थाका पदाधिकारीको उपस्थितिमा खाद्यान्न वितरण गरेका हौँ, ‘उनले भने, ‘बाढीपीडितलाई केही राहतका लागि खाद्यान्न समाग्री दिएका छौँ ।’ आर्दश महिला समाज नेपालका अध्यक्ष स्वयम माया नेगी, सचिव रुक्मा नाथ, सदस्य मञ्जु डगौरा सहितले राहत वितरण गरेका थिए । राहत पाएका पीडितले सरकारी स्तरबाट राहत नपाएपनि आदर्श महिला समाज नेपालले राहत दिएको भन्दै खुसी व्यक्त गरेका छन ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?