भीमदत्तका बाढीपीडितलाई खाद्यान वितरण

कञ्चनपुर, ३मंसिर
कञ्चनपुरका बाढीपीडितलाई खाद्यान्न वितरण गरिएको छ । आर्दश महिला समाज नेपालले टेवा संस्थाको आर्थिक सहयोगमा भीमदत्त नगरपालिका १३ पिपरैयाका महाकालीका बाढीपीडितलाई राहत वितरण गरेको हो । आर्दश महिला समाज नेपालले बाढी प्रभावित जनतालाई खाद्यान्न अभाव हुन नदिनका लागि शुक्रबार बस्तीमै पुगेर राहत वितरण गरेको छ । आर्दश महिला समाज नेपाल कञ्चनपुरका अध्यक्ष माया नेगीले टेवा संस्थाको आर्थिक सहयोगमा ९७बाढीपीडित घर परिवारलाई खाद्यान्नका साथै लत्ता कपडा समेत वितरण गरेको बताईन । अध्यक्ष नेगीका अनुसार आधारभूत आवश्यकताका खाद्य बस्तु चामल, दाल, नुन,तेल लगायत लत्ता कपडा वितरण गरेको बताईन । ‘हामीले जनप्रतिनिधीसंग सहकार्य र वडा विकास संस्थाका पदाधिकारीको उपस्थितिमा खाद्यान्न वितरण गरेका हौँ, ‘उनले भने, ‘बाढीपीडितलाई केही राहतका लागि खाद्यान्न समाग्री दिएका छौँ ।’ आर्दश महिला समाज नेपालका अध्यक्ष स्वयम माया नेगी, सचिव रुक्मा नाथ, सदस्य मञ्जु डगौरा सहितले राहत वितरण गरेका थिए । राहत पाएका पीडितले सरकारी स्तरबाट राहत नपाएपनि आदर्श महिला समाज नेपालले राहत दिएको भन्दै खुसी व्यक्त गरेका छन ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?