उद्योगी पिताम्बर जोशी काँग्रेस केन्द्रीय महाधिवेशन सदस्यको यात्रामा राजनीतिक क्षेत्रबाट आर्थिक सम्बृद्धिका योजना ल्याउँछु ः जोशी

महेन्द्रनगर मङ्सिर १
पिताम्बर जोशी देशकै चर्चित सफल युवा उद्योगी हुन । उनलाई सफल उद्यमी व्यवसायीको रुपमा सबैले चिन्छन । व्यवसायीका रुपमा सफल जोशीले अहिले राजनीतिक यात्रा तय गरेका छन । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन चलेको छ । काँग्रेस नेता कार्यकर्ता विभिन्न पदका आँकाक्षी भएर चुनावको मैदानमा उत्रिएका छन । जोशीले पनि राजनीतिक यात्रा तय गरेका छन । उनले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधीको यात्रा तय गरेका हुन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका स्थानीय समेत रहेका जोशीले निजी क्षेत्रको पार्टीमा समेत प्रतिनिधित्व गर्ने हिसाबले राजनीतिक यात्रा तय गरेको बताएका छन । जोशीको पारिवारिक पृष्टभूमि काँग्रेसी हो ।
काँग्रेसको सकृय राजनीतिमा नआएपनि उनीको वैज्ञारिक आस्था पहिलेदेखि काँग्रेसकै थियो । ‘मेरो तीन पुस्ता काँग्रेस नै थियो, ‘उनले भने, ‘मैले यस अघि सकृय राजनीति गरेको छैन, अहिल गर्ने सोचमा छुँ ।’
जोशीले आर्थिक क्षेत्रको विकास गर्दै नागरिकलाई सम्बृद्धि बनाउनका लागि सकृय राजनीतिमा होमिने निर्णय लिएका छन ।
‘निजी क्षेत्रका समस्या एव आर्थिक विकासका लागि राजनीतिक नीति अपरिहार्य छ, ‘उनले भने, ‘निजी क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका हुन्छ, निजी क्षेत्रको राजनीतिक दलमा पहुँच हुँदैन, त्यसैले मैले राजनीतिक रुपमा समेत आफै सकृय भएको हुँ ।’ काँग्रेस सबै ठाँउमा पुगेकाले राजनीतिक माध्यमबाट समेत आर्थिक सम्बृद्धिका योजना ल्याएर मुलुक र जनतालाई सम्बृद्धितर्फ डो¥याउने योजना रहेको बताए । औद्योगिकले मात्रै देशको विकास हुने भएकाले राजनीति गर्नेहरुले यस्ता विषयलाई प्राथमिकतामा साथ अघि बढाउनुपर्ने उनको भनाई छ । ‘म महाधिवेशन प्रतिनिधी जितेपछि पार्टीमा सम्बृद्धिका योजना ल्याउँछु, ल्याउनका लागि नेतृत्वलाई घचघच्याउछु, ‘उनले भने, ‘सबै नेता कार्यकर्तालाई उत्पादनसंग जोड्छु ।’ आफुले राजनीतिमा लागेरपनि समाजसेवा गर्ने बताउँदै उनले अब राजनीतिक क्षेत्रबाट जनताको सेवा गर्ने चाहना भएको बताए । पार्टीभित्र मुख्य नेताहरुले गुट उपगुट नबनाएको बताउदै उनले केही कार्यकर्ताले निहित स्वार्थ राखेर बनाएको गुट स्वत भत्किने बताए । ‘काँग्रेस लोकतान्त्रिक पार्टी हो, ‘उनले भने, ‘लोकतन्त्रमा सबैतिर स्वतन्त्रता हुन्छ, अन्तत गुट भन्दा पनि विचार र राम्रो ईमान्दार नेताकै जित हुन्छ ।’ महाधिवेशनको यात्रा तय गरेसंगै उनले नेता कार्यकर्तासंग निरन्तर भेटघाट एव छलफल गरेका छन । भेटमा नेताहरुले उद्योगी क्षेत्रमा सफलता प्राप्त गरेका व्यक्तिलाई पार्टीले छुटाउन नहुने साथमै लिएर जानुपर्ने सुझाव आएको छ ।

ताजा खबर

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

शनिवार वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै पावर अफ युथ समुह

कञ्चनपुरमा रहेको पावर अफ युथले वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?