उद्योगी पिताम्बर जोशी काँग्रेस केन्द्रीय महाधिवेशन सदस्यको यात्रामा राजनीतिक क्षेत्रबाट आर्थिक सम्बृद्धिका योजना ल्याउँछु ः जोशी

महेन्द्रनगर मङ्सिर १
पिताम्बर जोशी देशकै चर्चित सफल युवा उद्योगी हुन । उनलाई सफल उद्यमी व्यवसायीको रुपमा सबैले चिन्छन । व्यवसायीका रुपमा सफल जोशीले अहिले राजनीतिक यात्रा तय गरेका छन । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन चलेको छ । काँग्रेस नेता कार्यकर्ता विभिन्न पदका आँकाक्षी भएर चुनावको मैदानमा उत्रिएका छन । जोशीले पनि राजनीतिक यात्रा तय गरेका छन । उनले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधीको यात्रा तय गरेका हुन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका स्थानीय समेत रहेका जोशीले निजी क्षेत्रको पार्टीमा समेत प्रतिनिधित्व गर्ने हिसाबले राजनीतिक यात्रा तय गरेको बताएका छन । जोशीको पारिवारिक पृष्टभूमि काँग्रेसी हो ।
काँग्रेसको सकृय राजनीतिमा नआएपनि उनीको वैज्ञारिक आस्था पहिलेदेखि काँग्रेसकै थियो । ‘मेरो तीन पुस्ता काँग्रेस नै थियो, ‘उनले भने, ‘मैले यस अघि सकृय राजनीति गरेको छैन, अहिल गर्ने सोचमा छुँ ।’
जोशीले आर्थिक क्षेत्रको विकास गर्दै नागरिकलाई सम्बृद्धि बनाउनका लागि सकृय राजनीतिमा होमिने निर्णय लिएका छन ।
‘निजी क्षेत्रका समस्या एव आर्थिक विकासका लागि राजनीतिक नीति अपरिहार्य छ, ‘उनले भने, ‘निजी क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका हुन्छ, निजी क्षेत्रको राजनीतिक दलमा पहुँच हुँदैन, त्यसैले मैले राजनीतिक रुपमा समेत आफै सकृय भएको हुँ ।’ काँग्रेस सबै ठाँउमा पुगेकाले राजनीतिक माध्यमबाट समेत आर्थिक सम्बृद्धिका योजना ल्याएर मुलुक र जनतालाई सम्बृद्धितर्फ डो¥याउने योजना रहेको बताए । औद्योगिकले मात्रै देशको विकास हुने भएकाले राजनीति गर्नेहरुले यस्ता विषयलाई प्राथमिकतामा साथ अघि बढाउनुपर्ने उनको भनाई छ । ‘म महाधिवेशन प्रतिनिधी जितेपछि पार्टीमा सम्बृद्धिका योजना ल्याउँछु, ल्याउनका लागि नेतृत्वलाई घचघच्याउछु, ‘उनले भने, ‘सबै नेता कार्यकर्तालाई उत्पादनसंग जोड्छु ।’ आफुले राजनीतिमा लागेरपनि समाजसेवा गर्ने बताउँदै उनले अब राजनीतिक क्षेत्रबाट जनताको सेवा गर्ने चाहना भएको बताए । पार्टीभित्र मुख्य नेताहरुले गुट उपगुट नबनाएको बताउदै उनले केही कार्यकर्ताले निहित स्वार्थ राखेर बनाएको गुट स्वत भत्किने बताए । ‘काँग्रेस लोकतान्त्रिक पार्टी हो, ‘उनले भने, ‘लोकतन्त्रमा सबैतिर स्वतन्त्रता हुन्छ, अन्तत गुट भन्दा पनि विचार र राम्रो ईमान्दार नेताकै जित हुन्छ ।’ महाधिवेशनको यात्रा तय गरेसंगै उनले नेता कार्यकर्तासंग निरन्तर भेटघाट एव छलफल गरेका छन । भेटमा नेताहरुले उद्योगी क्षेत्रमा सफलता प्राप्त गरेका व्यक्तिलाई पार्टीले छुटाउन नहुने साथमै लिएर जानुपर्ने सुझाव आएको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?