नेपाल बैंकद्धारा स्थापना दिवसको पुर्वसन्धामा अनाथ बालबालिका र मुक्त कमलरीलाई सहयोग

महेन्द्रनगर, २१ कार्तिक । नेपालको सबै भन्दा पुरानो बैक नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाले अनाथ बालबालिका र मुक्त कमलरीलाई सहयोग गरेको छ ।

महेन्द्रनगर शाखाले बैंकको ८५ औँ स्थापना दिवसको पुर्वसन्धामा सहयोग गरेको हो ।बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत स्थापना दिवसको अवसर पारेर अनाथालय र मुक्त कमलरीलाई सहयोग गरेको बैंकका महेन्द्रनगर शाखा प्रमुख महेशराज जोशीले बताए ।

उनका अनुसार महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा खाद्यन्न र शैक्षीक सामाग्री सहयोग गरिएको हो । बैंकले दाल, मसला, तेल र अन्य शैक्षीक सामाग्री सहयोग गरेको जनाएको छ ।
त्यस्तै भीमदत्त नगरपालिका–१३ बाँसखेडा ऐरीस्थित पुर्णा माध्यमिक विद्यालयमा रहेको छात्रावासका मुक्त कमलारीलाई पनि बैंकले लुगा सहयोग गरेको छ । शाखा प्रमुख जोशीका अनुसार छात्रावासमा बस्दैँ आएको १७ वटा मुक्त कमलारीलाई न्यानो सुईटर वितरण गरिको हो ।

कार्यक्रममा नेपाल बैकका सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जनक सुवेदीको विषेश उपस्थिति रहेको थियो । उनले बैंकले स्थापना दिवसको पुर्वसन्ध्यामा सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरिएको बताए । उनले असाहय र एकल बालबालिकालाई राहत हुने गरि सहयोग गरिएको बताए । साथै उनले अगामी दिनमा पनि बैककोतर्फबाट हुने सहयोगका लागि
प्रतिवद्धता
समेत जनाए ।

बैकका महेन्द्रनगर शाखा प्रमुख जोशीले आफुहरुको सानो सहयोग अरु दातालाई पनि उत्प्रेरित गराउने सहयोग महत्वपुण हुने बताए । पुर्णा माविका प्रअ धनी दत्त पन्तले सहयोगका लागि बैकलाई धन्यवाद दिए । त्यस्तै विद्यालयका शिक्षक भैरवदत्त भट्टले चिसो सुरु हुन लागेको समयमा बैकले वितरण गरको सुईटर निकै उपयोगी हुने बताए ।

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका उप प्राध्यापक शंकरदत्त भट्ट लगायत शिक्षक, बैंकका कर्मचारीको सहभागीता रहेको थियो । नेपाल बैंकले मंगलबार आफ्नो ८५ औँ स्थापना दिवस मनाउनदैँ छ ।

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?