नेपाल बैंकद्धारा स्थापना दिवसको पुर्वसन्धामा अनाथ बालबालिका र मुक्त कमलरीलाई सहयोग

महेन्द्रनगर २९ कार्तिक ।
नेपालको सबै भन्दा पुरानो बैक नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाले अनाथ बालबालिका र मुक्त कमलरीलाई सहयोग गरेको छ । महेन्द्रनगर शाखाले बैंकको ८५ औँ स्थापना दिवसको पुर्वसन्धामा सहयोग गरेको हो ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत स्थापना दिवसको अवसर पारेर अनाथालय र मुक्त कमलरीलाई सहयोग गरेको बैंकका महेन्द्रनगर शाखा प्रमुख महेशराज जोशीले बताए ।

उनका अनुसार महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा खाद्यन्न र शैक्षीक सामाग्री सहयोग गरिएको हो । बैंकले दाल, मसला, तेल र अन्य शैक्षीक सामाग्री सहयोग गरेको जनाएको छ ।
त्यस्तै भीमदत्त नगरपालिका–१३ बाँसखेडा ऐरीस्थित पुर्णा माध्यमिक विद्यालयमा रहेको छात्रावासका मुक्त कमलारीलाई पनि बैंकले लुगा सहयोग गरेको छ । शाखा प्रमुख जोशीका अनुसार छात्रावासमा बस्दैँ आएको १७ वटा मुक्त कमलारीलाई न्यानो सुईटर वितरण गरिको हो ।

कार्यक्रममा नेपाल बैकका सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जनक सुवेदीको विषेश उपस्थिति रहेको थियो । उनले बैंकले स्थापना दिवसको पुर्वसन्ध्यामा सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरिएको बताए । उनले असाहय र एकल बालबालिकालाई राहत हुने गरि सहयोग गरिएको बताए । साथै उनले अगामी दिनमा पनि बैककोतर्फबाट हुने सहयोगका लागि
प्रतिवद्धता
समेत जनाए ।

बैकका महेन्द्रनगर शाखा प्रमुख जोशीले आफुहरुको सानो सहयोग अरु दातालाई पनि उत्प्रेरित गराउने सहयोग महत्वपुण हुने बताए । पुर्णा माविका प्रअ धनी दत्त पन्तले सहयोगका लागि बैकलाई धन्यवाद दिए । त्यस्तै विद्यालयका शिक्षक भैरवदत्त भट्टले चिसो सुरु हुन लागेको समयमा बैकले वितरण गरको सुईटर निकै उपयोगी हुने बताए ।

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका उप प्राध्यापक शंकरदत्त भट्ट लगायत शिक्षक, बैंकका कर्मचारीको सहभागीता रहेको थियो । नेपाल बैंकले मंगलबार आफ्नो ८५ औँ स्थापना दिवस मनाउनदैँ छ ।

ताजा खबर

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

झलारी। शुक्लाफाँटा नगरपालिकामा एकिकृत फोहर व्यवस्थापन केन्द्र निर्माणको काम...

शुक्लाफाँटामा व्यवसाय सचेतना तालिम सुरु

झलारी। शुक्लाफाँटा नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशिलता विकास तथा...

शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अतिरिक्त कक्षा संचालनमा

झलारी। शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा संचालित अतिरिक्त कक्षाको अनुगमन...

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

झलारी। शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले ४० परिवारको निःशुल्क स्वास्थ्य...

मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्छौः नगर प्रमुख महरा

झलारी। शुक्लाफाँटा नगरपालिका–८ स्थित मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?