बेलौरीकी समाजसेवी भगवती विष्ट काँग्रेस महाधिवेशन प्रतिनिधीको यात्रामा

कञ्चनपुर, २९ कार्तिक
भगवती विष्ट जिल्लाको दक्षिण क्षेत्र बेलौरी मात्र नभई कञ्चनपुरमा चर्चा कमाएको नाम हो । बेलौरी नगरपालिका ६ ढक्काचाँदर निवासी विष्टले समाजिक काम गरे बाफत उनको नाम ठुलाबढा पैशावाला भन्दा पनि विपन्न, गरिब दिनदुखी, एकल महिला एव बेसारहा नागरिकले सम्झिने नाम हो, भगवती ।
ग्रामिण सीमा क्षेत्रमा बसेर अधिकार बिहिन नागरिकलाई अधिकार दिलाउने, विपन्न गरिब, बेसाहरा नागरिकको दुखतमा मलम लगाउँदै आएकी तिनै समाजवेवि विष्टले आज राजनीतिक यात्रा तय गरेकी छिन ।
काँग्रेस कञ्चनपुरकी नेतृ भएपनि उनले मञ्चमा कोरा भाषण र जनतालाई झुटा आवश्वासन कहिल्यै बाँडिनन् । बरु उच्च ह्दयबाटै समाजिक काम गर्दा काँग्रेसका नयाँ अनुहारले समेत उनलाई चिन्दैनन् । उनलाई केबल ति दुखित आत्माहरुले मात्रै अविष्मरणका रुपमा चिन्छन । जो पीडामा छन । दुखित छन । बेसाहरा छन । झण्डै चार दशक अघिदेखि राजनीतिक गरेपनि उनलाई न पार्टीले अघि बढाउन सक्यो, न उनले पार्टीमा महिलाको भाग मागिन् । केबल निष्ठा र समाजिक न्यायका लागि उनले अबिरल रुपमा काम गरिरहिन । एकल महिला समेत रहेकी उनले एकल महिलाको समाजिक न्यायका लागि जिल्लामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन । आज उनै भगवती नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधीको यात्रामा होमिएकी छिन ।
०३६, ०४६, ०६२÷०६३ सालको जनताको अधिकारका लागि भएका जनआन्दोलन राजनीतिक संघर्षमा होमिएकी विष्ट काँग्रेस निकट नेपाल महिला संघ क्षेत्र नम्बर १ की क्षेत्रीय सभापति हुन । उनले पार्टीको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधीको यात्रा तय गरेकी हुन । महाधिवेशन प्रतिनिधीको उम्मेदवार भएर उनले क्षेत्र नम्बर १ मा आफुलाई जिताउन नेता कार्यकर्तासंगै आग्रह गर्दै चुनावी मैदानमा होमिएकी छिन । ‘मैले स्थानीय स्तरमा राजनीतिक भन्दा पनि समाजिक सेवा गरे, ‘उनले भनिन, ‘अब राजनीतिमा पनि लागेको चार दशक भयो, यतिबेला महिलाले पनि केही गर्नुपर्छ भन्ने सोचेर महाधिवेशन प्रतिनिधीको यात्रा तय गरेकी छु ।’ जनताको समाजिक, आर्थिक एव राजनीतिक न्याय र अधिकारका लागि केन्द्रीय राजनीतिसंग जोडिन खोजेको बताईन ।
निष्ठा, राजनीतिक अधिकार र समाजिक न्यायका लागि राजनीतिका माध्यमबाट समाजसेवा गर्दै आएकी विष्टले लामो त्याग संघर्षको मुल्याङकन गरेरै भएपनि आफुलाईक एक पटक जनताकै सेवा गर्न मौका दिलाईदिनका लागि आम नेता कार्यकर्तासंग अपिल गर्दै आएकी छिन ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?