टी-२० विश्वकपमा भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

काठमाडौं ।  पाकिस्तानले टी-२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको छ ।शाहीन शाह अफ्रिदीको उत्कृष्ट बलिङ र कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङसँगै यो ऐतिहासिक सफलता हात पारेको हो ।

सुपर १२ को आफ्नो पहिलो खेलमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई १० विकेटले पराजित गरेको हो । कुनै पनि विश्वकपमा भारतमाथि पाकिस्तानको यो पहिलो जित हो ।

हालसम्म विश्वकपमा भारत र पाकिस्तान १३ पटक भिडेका छन्, जसमा भारत हावी थियो ।

शारजाहमा भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा विना विकेटको क्षति पूरा गर्यो । उसका लागि रिजवानले ५५ बलमा  ६ चौका र ३ छक्का मद्दतमा अविजित ७८ रन बनाए भनेकप्तान बाबरले ५२ बलमा६ चौका र २ छक्का मद्दतमा अविजित ६८ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १५१ रन बनाएको थियो । भारतको सुरूवात निकै खराब थियो । घातक बलिङ गरेका पाकिस्तानका शाहीन शाह अफ्रिदीले पहिलो ओभरको चौथो बलमा नै रोहित शर्मालाई शुन्यमा एलबीडब्लू धरापमा पारेका थिए भने तेस्रो ओभरको पहिलो बलमा केएल राहुललाई बोल्ड गरे ।

सूर्यकुमार यादव पनि ११ रनमा पभेलियन फर्किएपछि भारतले ३१ रन बनाउँदा तेस्रो विकेट गुमाएको थियो । उसको लागि कप्तान विराट कोहली र ऋषभ पन्तले ५३ रनको साझेदारी गरे । तर पन्तले ३० बलमा ३९ रन जोडे ।

त्यसपछि भारतीय व्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन् । कप्तान कोहलीले ४९ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ५७ रन बनाए । रवीन्द्र जडेजाले १३ र हार्दिक पाण्डेयले ११ रन बनाए । भुवनेश्वर कुमार ५ र मोहम्मद शामी शुन्यमा अविजित रहे ।

पाकिस्तानका लागि अफ्रिदीले ३ विकेट लिए । यस्तै हशन अलीले २ तथा शदाब खान र हरिस राउफले समान १ विकेट लिए ।

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?