टी-२० विश्वकपमा भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

काठमाडौं ।  पाकिस्तानले टी-२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको छ ।शाहीन शाह अफ्रिदीको उत्कृष्ट बलिङ र कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङसँगै यो ऐतिहासिक सफलता हात पारेको हो ।

सुपर १२ को आफ्नो पहिलो खेलमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई १० विकेटले पराजित गरेको हो । कुनै पनि विश्वकपमा भारतमाथि पाकिस्तानको यो पहिलो जित हो ।

हालसम्म विश्वकपमा भारत र पाकिस्तान १३ पटक भिडेका छन्, जसमा भारत हावी थियो ।

शारजाहमा भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा विना विकेटको क्षति पूरा गर्यो । उसका लागि रिजवानले ५५ बलमा  ६ चौका र ३ छक्का मद्दतमा अविजित ७८ रन बनाए भनेकप्तान बाबरले ५२ बलमा६ चौका र २ छक्का मद्दतमा अविजित ६८ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १५१ रन बनाएको थियो । भारतको सुरूवात निकै खराब थियो । घातक बलिङ गरेका पाकिस्तानका शाहीन शाह अफ्रिदीले पहिलो ओभरको चौथो बलमा नै रोहित शर्मालाई शुन्यमा एलबीडब्लू धरापमा पारेका थिए भने तेस्रो ओभरको पहिलो बलमा केएल राहुललाई बोल्ड गरे ।

सूर्यकुमार यादव पनि ११ रनमा पभेलियन फर्किएपछि भारतले ३१ रन बनाउँदा तेस्रो विकेट गुमाएको थियो । उसको लागि कप्तान विराट कोहली र ऋषभ पन्तले ५३ रनको साझेदारी गरे । तर पन्तले ३० बलमा ३९ रन जोडे ।

त्यसपछि भारतीय व्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन् । कप्तान कोहलीले ४९ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ५७ रन बनाए । रवीन्द्र जडेजाले १३ र हार्दिक पाण्डेयले ११ रन बनाए । भुवनेश्वर कुमार ५ र मोहम्मद शामी शुन्यमा अविजित रहे ।

पाकिस्तानका लागि अफ्रिदीले ३ विकेट लिए । यस्तै हशन अलीले २ तथा शदाब खान र हरिस राउफले समान १ विकेट लिए ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?