महाकाली नदीको बाढीमा फसेका ५ जनाको सकुसल उद्धार

कार्तिक ०२ महेन्द्रनगर । महाकाली नदीको बाढीमा फसेका भीमदत्त नगरपालिका–९ मसेट्टीका ५ जनाको सकुसल उद्धार

गरिएको छ । नेपाली सेनाको हेलिकप्टरले १८ घण्टापछि बाढीमा फसेकाको मंगलबार बेलुका उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।

अबिरल वर्षाले महाकाली नदीमा पानीको बहाब बढेपछि सोमबार नदी किनारमा कुखुरा खोर कुर्न गएका पुष्कर नायक, दीर्घमती खड्का, शान्ती नायक, असोक नायक र अजय नायक बाढीमा फसेका थिए ।

उनीहरुको उद्धारको लागि सुरक्षाकर्मीको टोली दिउँसो नै मसेट्टी पुगेपनि महाकालीमा पानीको बहाब बढि भएका कारण उद्धार गर्न सकेको थिएन । त्यस पछि उद्धारको लागि हेलिकप्टर ल्याइएको थियो । हेलिकप्टरको कठिन प्रयासपछि करिब १८ घण्टा पछि बाढीमा फसेकाको उद्धार गरिएको हो

ताजा खबर

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ २५ वैशाख  माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?