महाकाली नदीको बाढीमा फसेका ५ जनाको सकुसल उद्धार

कार्तिक ०२ महेन्द्रनगर । महाकाली नदीको बाढीमा फसेका भीमदत्त नगरपालिका–९ मसेट्टीका ५ जनाको सकुसल उद्धार

गरिएको छ । नेपाली सेनाको हेलिकप्टरले १८ घण्टापछि बाढीमा फसेकाको मंगलबार बेलुका उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।

अबिरल वर्षाले महाकाली नदीमा पानीको बहाब बढेपछि सोमबार नदी किनारमा कुखुरा खोर कुर्न गएका पुष्कर नायक, दीर्घमती खड्का, शान्ती नायक, असोक नायक र अजय नायक बाढीमा फसेका थिए ।

उनीहरुको उद्धारको लागि सुरक्षाकर्मीको टोली दिउँसो नै मसेट्टी पुगेपनि महाकालीमा पानीको बहाब बढि भएका कारण उद्धार गर्न सकेको थिएन । त्यस पछि उद्धारको लागि हेलिकप्टर ल्याइएको थियो । हेलिकप्टरको कठिन प्रयासपछि करिब १८ घण्टा पछि बाढीमा फसेकाको उद्धार गरिएको हो

ताजा खबर

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?