बेलायतमा एकै दिन झन्डै ४५ हजार सङ्क्रमित

असोज ३०, लन्डन । बेलायतमा कोरोना सङ्क्रमण दर पछिल्ला दिनहरूमा लगातार उकालो लाग्दै गइरहेको छ । विगत केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्या ४० हजार भन्दा माथि रहँदै आएको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४४ हजार  ९२८ नयाँ सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । एक सातामा दुई लाख ८१ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको सरकारी तथ्याङ्कले देखाएको छ । अघिल्लो साताको तुलनामा सङ्क्रमित सङ्ख्या ११.५ प्रतिशतले वृद्धि भएको हो ।  बेलायतमा हालसम्म सङ्क्रमित हुनेको कुल सङ्ख्या ८३ लाख ६१ हजार ६५१ पुगेको छ ।

यसै गरी कोरोनाका कारण बितेको २४ घण्टामा १४५ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एक सातामा बेलायतमा ८१८ जना सङ्क्रमितको ज्यान गएको छ । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ३८ हजार ३७९ पुगेको छ । मृतक सङ्ख्या पनि ५.१ प्रतिशतले वृद्धि भएको छ ।

गएको एक सातामा सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या ८.१ प्रतिशतले बढेको छ । पछिल्लो २४ घण्टामा ८२७ जना सङ्क्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका सङ्क्रमितको सङ्ख्या ७ हजार ८६ रहेको छ । यस्तै ७८३ सङ्क्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४६ लाख ३२ हजार ३८५ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९३ लाख ३५ हजार १५४ जना अर्थात् ८५.८ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५२ लाख ९७ हजार २३१ जना अर्थात् ७८.८ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । बेलायतमा हाल तेस्रो अर्थात् बुष्टर डोज पनि शुरु गरिएको छ ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?