पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश नेपाल

असोज २७, कन्चनपुर । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशसँग बराबरी खेल खेलेर नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । बुधबार भएको खेलमा नेपाल र बंगलादेश ११ को बराबरी खेलेका हुन् ।

१० खेलाडीमा सिमित रहेको बंगलादेशले पहिलो हाफको नवौं मिनेटमा अग्रता लिएको थियो ।  माल्दिभ्सको मालेस्थित नेशनल फुटबल मैदानमा खेलको नवौं मिनेटमा सुमन रेजाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

कप्तान जमल भुयानले उपलब्ध गराएको फ्रिकिक बललाई सुमनले हेडिङ मार्फत गोलमा परिणत गरेका थिए ।  ७९ औं मिनेटमा बंगलादेश १० खेलाडीमा सिमित बन्यो । गोलरक्षक अनिसुर रहमानले डि बक्स बाहिर आएर बल रोकेपछि रेफ्री ले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

८८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी मार्र्फत गोल गर्दै नेपाललाई बराबरीमा ल्याए ।  साद उद्दिनले पेनाल्टी क्षेत्र भित्र अन्जनलाई नै लडाएपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर प्रदान गरेका थिए ।

नेपालले अब उपाधिका लागि अक्टोबर १६ मा भारत वा माल्दिभसको सामना गर्नेछ । ४ खेलपछि नेपाल ७ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो । तेस्रो खेलमा भने भारतसँग १-० ले पराजित भएको थियो ।

भारतसँग पराजित भएपछि बंगलादेशमाथि बराबरी खेल खेल्नै पर्ने दबाब नेपालमाथि थियो । बंगलादेशलाई बराबरीमा रोक्न नसकेको खण्डमा नेपालको साफ यात्रा आजबाट टुंगिने थियो । प्रतियोगिताको १३ औं संस्करणसम्म आइपुग्दा नेपाल एकपटक पनि फाइनलमा पुग्न सकेको थिएन ।

अब आजै राति हुने भारत माल्दिभ्सबीचको विजेताले फाइनलमा नेपालसँग खेल्नेछ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?