पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश नेपाल

असोज २७, कन्चनपुर । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशसँग बराबरी खेल खेलेर नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । बुधबार भएको खेलमा नेपाल र बंगलादेश ११ को बराबरी खेलेका हुन् ।

१० खेलाडीमा सिमित रहेको बंगलादेशले पहिलो हाफको नवौं मिनेटमा अग्रता लिएको थियो ।  माल्दिभ्सको मालेस्थित नेशनल फुटबल मैदानमा खेलको नवौं मिनेटमा सुमन रेजाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

कप्तान जमल भुयानले उपलब्ध गराएको फ्रिकिक बललाई सुमनले हेडिङ मार्फत गोलमा परिणत गरेका थिए ।  ७९ औं मिनेटमा बंगलादेश १० खेलाडीमा सिमित बन्यो । गोलरक्षक अनिसुर रहमानले डि बक्स बाहिर आएर बल रोकेपछि रेफ्री ले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

८८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी मार्र्फत गोल गर्दै नेपाललाई बराबरीमा ल्याए ।  साद उद्दिनले पेनाल्टी क्षेत्र भित्र अन्जनलाई नै लडाएपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर प्रदान गरेका थिए ।

नेपालले अब उपाधिका लागि अक्टोबर १६ मा भारत वा माल्दिभसको सामना गर्नेछ । ४ खेलपछि नेपाल ७ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो । तेस्रो खेलमा भने भारतसँग १-० ले पराजित भएको थियो ।

भारतसँग पराजित भएपछि बंगलादेशमाथि बराबरी खेल खेल्नै पर्ने दबाब नेपालमाथि थियो । बंगलादेशलाई बराबरीमा रोक्न नसकेको खण्डमा नेपालको साफ यात्रा आजबाट टुंगिने थियो । प्रतियोगिताको १३ औं संस्करणसम्म आइपुग्दा नेपाल एकपटक पनि फाइनलमा पुग्न सकेको थिएन ।

अब आजै राति हुने भारत माल्दिभ्सबीचको विजेताले फाइनलमा नेपालसँग खेल्नेछ ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?