दशैंको मुखमा दशाः जीर्ण र मापदण्ड विपरितका सडक, तीन दिनमा ५८ जनाले गुमाए ज्यान

असोज २७, कन्चनपुर। नेपालीहरुको महान चाड दशैं मनाउन अहिले सर्वसाधारण आ–आफ्नो गाउँ फर्किरहेका छन् । कोरोना महामारीले गर्दा लामो समयदेखि काठमाडौंका थुनिएकाहरु खुला हावामा रमाउन पनि गाउँ फर्किरहेका छन् ।

तर, सिमित बसका कारण यात्रुहरु कोचिएर बसमा यात्रा बाध्य छन् । बस सञ्चालकहरूले बसको क्षमताभन्दा बढी यात्रु चढाउँदा दुर्घटना बढेका छन् । अनाहकमा सर्वसाधारणले ज्यान गुमाएका छन् ।

यस्तो यस पटक मात्र भएको होइन । प्रत्येक वर्षको दशैं अघि यस्तै हुन्छ । सयौंले ज्यान गुमाउँछन् । छानविन समिति बन्छ । प्रतिवेदन पनि बुझाइन्छ । त्यो त्यसै थन्क्याइन्छ । फेरी अर्को साल सुरु हुन्छ । पुनः सोही दोहोरिन्छ । जनता मरेको मर्यै । नेताहरु समाजिक सञ्जालका भित्तामा गोहीको आँशु चुहाउँछन्, अनि जिम्मेवारी सकिएको अनुभुति गर्छन् ।

जनताले यस्तो सास्ती कहिलेसम्म खेप्नु पर्ने हो र अनाहकमा ज्यान कहिलेसम्म गुमाउनु पर्ने हो– यसप्रति न त केन्द्र सरकारले ध्यान दिएको छ न स्थानीय ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो तीन दिनमा अर्थात असोज २४ गतेदेखि २६ गते साँझसम्म सडक दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ । दशैंको अगाडि भएको यस्तो विभत्स घटनाहरूले सम्बन्धित परिवार मात्र होइन पुरै गाउँ नै शोकमा डुबेका छन् ।

सरकारले सडकको मर्मत सम्हार नगर्दा, मापदण्ड अनुसार सडक निर्माण नगरिँदा र सार्वजनिक यातायातको अनुगमन प्रभावकारी रुपमा नगर्दा दशैं अगाडि सडक दशा बनेर नेपाली जनताको सामु आउने गरेका छन् ।

आज मंगलबार मात्र मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना तपने खोलास्थित जुम्ला मुगुसडकमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । नेपालगन्जबाट मुगु गमगढीतर्फ जाँदै गरेको भे.१ ख ३१६७ नम्बरको बस सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा २४ जनाको घटनास्थलमै, ४ जनाको उपचारको लागि लैजाने क्रममा तथा ३ जनाको नर्सिङहोम नेपालगन्ज र १ जनाको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका १० जनाको  नर्सिङहोम नेपालगन्जमा, २ जनाको मेडिकल कलेज कोहलपुरमा र १ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटना क्षमताभन्दा बढी यात्रु चढाउँदा र सडकका कारण भएको हो ।

सोमबार कास्कीको अन्नपूर्ण गाउँपालिका–१० हुदुमा बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । यसको चौबिस घण्टा बित्न नपाउँदै मुगुमा अर्को दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाएका थिए ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० हुदुस्थित नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग.१ ज ६९०० नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो ।

अछामको पन्चदेवल विनायक नगरपालिका–१ जाल्पेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा ब्याक गर्ने क्रममा से.१च १७६३ नम्बरको विवाहको गाडी आइतबार करिब २ सय ५० मिटर तल खेतमा खस्दा ४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाइते भएका थिए ।

आइतबार नै स्याङजाको वालिङ नगरपालिका–१० मोदीखोलास्थित सडकमा ग.१ ज ४९१८ नम्बरको जिप सडकदेखि करिब ५० मिटर तल खस्दा ३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १५ जना घाइते भएका थिए ।

यी पछिल्लो तीन दिनमा भएका प्रमुख सडक दुर्घटना हुन् । दशै मनाउन घर फर्कने क्रम जारी छ । क्षमताभन्दा बढी यात्रु राख्न बस सञ्चालकले छोडेका छैनन् । नियमन निकाय पनि यसमा मौन बसेको छ । अझै कतिले अनाहकमा ज्यान गुमाउन पर्ने हो यसै भन्नसक्ने अवस्था छैन ।

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?