मुगूमा बस दुर्घटना हुदा ३२ को मृत्यु

असोज २६, सुर्खेत । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ।  २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पु¥याउने क्रममा र नेपालगञ्‍ज पु¥याएका थप ४ जनाको मृत्‍यु भएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका उनका अनुसार दुर्घटना गम्भीर घाइते भएका चार जना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको छ ।

उपचारको लागि पठाइएका १६ जना घाइते मध्येबाट चार जनाको मृत्यु भएको उनले बताए । ‘२४ जना घटनास्थलमा र अरू थप ४ जनालाई एयरपोर्ट पुर्याउँदै मृत्यु भयो। बाँकी घाइते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौं । थप चार जनाको उपचारको क्रममा मृत्यु भएको खबर आएको छ,’ उनले भने ।

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहिले जनाएको छ । ३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ । सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको थियो ।

ताजा खबर

शान्ति निकेतनका विद्यार्थीलाई विद्यालय झोला वितरण 

कञ्चनपुुरको भीमदत्त नगरपालिका ६ ऐठपुरको शान्ति निकेतन माध्यामिक विद्यालयका...

स्थानीय सरकारले वेवास्ता गरेपछी युवा आफै जुटे सडक मर्मतमा

कञ्चनपुर ३२, असार स्थानीय सरकार तथा सरोकारवाला निकायले वेवास्ता गरेपछी...

कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१ कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन...

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग

सञ्जु महर, असार ३१ कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको...

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?