सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो, दसैं मान्न स्वदेश फर्किनेको लर्को,

असोज २६, कन्चनपुर । नेपालीहरुको महान पर्व विजया दशमी (दसैं) मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को लागेको छ । सुदूरपश्चिमका नागरिकहरुको रोजगारीको प्रमुख गन्तव्यस्थल भारतका विभिन्न शहरबाट चाडपर्व मनाउन गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको संख्यामा उल्लेखनीय वृद्धि भएको हो ।

गत दुई साता यता कञ्चनपुरको गड्डाचौकीबाट २४ हजार र गौरीफन्टा नाकाबाट दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । गौरीफन्टा नाकाबाट मात्रै दैनिक एक हजारदेखि एक हजार ५ सय जनासम्म नेपाल प्रवेश गरिरहेको त्रिनगर सीमा नाका प्रमुख हेल्थ डेस्क दिनेश ठकुल्लाले बताए । स्वदेश फर्किनेको भीड बढेसँगै प्रहरीले सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाएको बताए ।

‘नेपाली नागरिकहरु भारत जाने भन्दा पनि आउनेको संख्या नै बढी छ, विगत दुई हप्ता यता आउनेको संख्या बढेको छ र जानेको संख्या एक्कासी घटेको छ, अहिले दिनमा ६ देखि ८ सय हाराहारीमा आइरहेका छन, जानेको संख्या डेढ सयदेखि २ सय जना छन्,’ उनले भने, ‘पहिला जानेको संख्या ३ देखि ४ हजारसम्म हुन्थ्यो भने, ४ देखि ५ सयसम्म हुन्थ्यो, बाजुरा, अछाम, विकट ठाउँका नेपालीहरु रोजगारीको लागि जाने गरेका छन् ।’

भारतको दिल्ली, मुम्बइ, महाराष्ट्र, पन्जाव, पुने, बैङ्गलोर, सिमला, हरिद्वारलगायतका शहरमा नेपाली रोजगारीका लागि सदियौंदेखि आउने जाने गरेको स्वास्थ्यकर्मी गणेश साउदले बताए । उनले गाउँ फर्किनेबाट कोभिड संक्रमणको जोखिम रहेकाले सीमामा कोरोना परीक्षण र खोप लगाउने कामलाई पनि तीव्रता दिइएको बताए । उनले कोरोनाका साथै नेपाल फर्किनेहरुको सीमामा मलेरिया र एचआईभीको परिक्षण पनि गरिएको बताए ।

‘परीक्षणको दायरा हामीले दिनप्रतिदिन बढाइरहेका छौं । शुरुमा कोभिड १९ लाई फोकस गरेर कोरोना मात्र टेस्ट गरिरहेका थियौँ भने बीचदेखि मलेरिया, एचआईभीको स्क्रिन चेक पनि गरिरहेका छौँ ।’ उनले भने ।

गड्डाचौकी र गौरीफन्टा नाकामा सुरक्षाका दृष्टिकोणले कुकुर परिचालन गरेर पनि निगरानी बढाइएको छ । यात्रुको सहजताका लागि भन्दै प्रहरीले यात्रु सहायता कक्ष पनि स्थापना गरेको स्वास्थ्यकर्मी साउदले बताए ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?