भीमदत्त नगरपालिकाद्धारा बजार अनुगमन

असोज  १८ कन्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजार अनुगमनलाई नियमित रुपमा अघि बढाएको छ । सोमबार नगरपालिकाले चाडपर्वको अवसरमा हुने सक्ने कालो बजारी र मुल्य वृद्धीलगायत कानुन सम्मत व्यवसाय सञ्चालन रहे÷नरहेको कुरालाई लक्षीत गदैँ स्थानीय बजार अनुगमन गरेको हो ।

भीमदत्त नगरपालिकाका प्रशासकीयय अधिकृत सुवास अधिकारीले कानुन सम्मत व्यवसाय सञ्चालन रहे÷नरहेकोबारे बजार अनुगमन गरिएको बताउनु भयो । उहाँका अनुसार बजार अनुगमन निर्देशिका– २०७४ बमोजिम महेन्द्रनगर बजारको गल्ली नम्बर १ मा रहेको १० वटा किराना तथा खाद्य पसल, मिठाई पलस, शैलुन र हार्डवयर पसलमा समेत नगरपालिकाले छड्के अनुगमन गरेको हो ।

अनुगमनका क्रममा नगरपालिकामा दर्ता नगरेको, व्यवसाय नविकरण नगरेको, मुल्य सुचि नराखेको , म्याद नाघेका खाद्य सामाग्री राखेको पाईएको प्रशासकीय अधिकृत अधिकारीले बताउनु भयो । दर्ता तथा नविकरण नगरेका तथा राजस्व नतिरेका व्यवसायलाई कानुनी प्रक्रिया अन्र्तगत सञ्चालन गर्न निर्देशन दिईएको र अटेरी गरे कार्वाही समेत अघि बढाईने उहाँको भनाई छ ।

व्यवसाय नियमन र उपभोत्ता हितका लागि बजार अनुगमन गरिएको बताउँदै प्रशासकीय अधिकृत अधिकारीले भन्नभयो ‘नगरपालिकाले बेला–बेलामा छड्के अनुगमन गदैँ आएको छ । यसले कालो बजारी, मुल्य वृद्धी नियन्त्रणसँगै उपभोक्ताको हकहितमा पनि टेवा पुग्ने अपेक्षा लिएको छौँ ।’

साथै कतिपय व्यवसायीले राजस्व नतिरि व्यवसाय सञ्चालन गरिरहेको पाईएकाले अनुगमनपछि आन्तरिक आयमा समेत वृद्धी हुने अपेक्षा गरिएको छ । नगरपालिकाले बेलाबेलामा स्थानीय बजार अनुगमन गर्दै आएकोमा यसलाई अझै निरन्तरता दिईने नगरपालिकाले जनाएको छ ।

बजार अनुगमनमा भीमदत्त नगरपालिकाको टोलीसँगै वडा प्रहरी कार्यालय, उद्योग वाणिज्य कञ्चनपुर, उपभोक्ता हित मञ्च लगायत पत्रकार महासंघका प्रतिनिनिधिहरुको सहभागीता रहेको थियो ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?