देवशक्ति बचत तथा ऋण सहकारी संस्थाको १३ ओ साधारण सभा सम्पन्न

असोज १८ महेन्द्रनगर: देवशक्ति बचत तथा ऋण सहकारी संस्था लि.भीमदत्त नगरपालिका १८ कन्चनपुरको १३ वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरेन्द्र सिह साउदको अध्यक्षमा सम्पन्न भएको साधारण सभामा नेफ्सकुन संचालक माधव प्रसाद जोशी रहनु भएको थियो भने भिमदत्त नगरपालिकाका सहकारी इकाई विभाग प्रमुख विमला भाट रहनु भएको थियो । कार्यक्रममा संस्थाका सचिव विरेन्द्र प्रसाद भट्टले ३० करोड ३४ लाख ६३ हजार ९ सय २८ रुपैया बराबरको आर्थिक वर्ष २०७७।०७८ को आयब्यय प्रस्तुत गर्नुभयो भने आ.व.२०७८।०७९ को रु.३४ करोड ७ लाख ४ हजार ४ सय २५ रुपैया बराबरको अनुमानित आय ब्यय प्रस्तुत गरिएको थियो । सहकारी हाल २१११ सदस्य रहेका छन भने आ.व.२०७७।०७८ मा सदस्यहरुको ५ करोड १ लाख ६० हजार ८५ बचत रहेको थियो भने ७ करोड ८१ लाख १५ हजार ३ सय ८५ रुपैया कर्जा लगानी रहेको थियो । संस्थाको हाल १ करोड ७८ लाख २१ हजार सेयरपुजी रहेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुरेन्द्र साउदले संस्थाले सदस्यहरुलाई एसएमएस सेवा सुचारु गर्नुका साथै मोबाइल बैंकिंग सेवा समेत शुरु गरेको बताउनु भयो । साथै आगामी वर्ष समेत सामाजिक उत्तरदायित्वका क्रियाकलाप संचालन गरिने बताउनु भयो । यसैगरी ब्यवस्थापक मदन सिह धामीले संस्थाको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो संस्थाका कोषाध्यक्ष जानकी बोहराको आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो भने संस्थाका सचिव विरेन्द्र प्रसाद भट्टले संस्थाको निति तथा कार्यक्रम पेश गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष जानकी बोहराले आर्थिक प्रतिवेदन पेश गर्नुभयो साथै संस्थाका लेखासुपरिक्षेण समितिका संयोजक विष्णु प्रसाद बोकटीले सुझाव सहितको प्रतिवेदन पेश गर्नु भएको थियो ।

साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ताहरुमा भीनपा ११ भुजेला निवासी विरेन्द्र जोशी , भीनपा ४ भगतपुर निवासी राज बहादुर ठकुराठी , भीनपा ३ खैरेनी निवासी त्रिपुरेश्वरी भट्ट , भीनपा ५ सुकासाल निवासी श्याम सुनार , भीनपा ६ ऐठपुर निवासी शान्ती डंगौरा ,भीनपा ४ गोबरैया निवासी देवराज भट्ट , भीनपा ४ बजार निवासी दिल बहादुर ऐर, भीनपा १ भासी निवासी तारा बहादुर चौधरी लाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट ऋणीहरु भीनपा १७ निवासी चन्द्रकला पाठक, भीनपा ४ गोरैया निवासी देवकी चन्द , भीनपा ६ ऐठपुर निवासी उमेश कुमार जोशी ,भीनपा ५ सुकासाल निवासी मंगली लुहार, भीनपा ४ सब्जिमण्डि निवासी ज्योती मल्ल, भीनपा ४ गोबरैया निवासी दिनेश बहादुर चन्द , भीनपा २ भासी निवासी हेमा कुमारी कुवर र भीनपा ९ ब्रह्मदेव निवासी खेमराज भट्टलाई सम्मान गरिएको थियो । यसैगरि उत्कृष्ट कर्मचारीमा लिला कंडेल धामी, नवराज जोशी र सविना चौधरीलाई सम्मान गरिएको थियो ।

 

ताजा खबर

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?