निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीको वार्षिक साधारण सभा सम्पन्न : अध्यक्षमा भट्ट चयन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगरमा रहेको निङलाशैनी बहुद्देश्यीय सहकारीको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा सहकारीको १२ औँ साधारण सभा सम्पन्न भएको हो । सहकारीका अध्यक्ष दिपक प्रशाद जोशीको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका कृषी तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनार प्रमुख अतिथि रहेका थिए ।
साधारण सभामा अध्यक्ष जोशीले वार्षिक प्रतिवेदन पेश गरकेो थिए ।

प्रतिवेदन पेस गदैँ संस्थाको शेयर पुँजी २ करोड ३९ लाख ७९ हजार रहेको उनले उल्लेख गरे । त्यस्तै गत आवमा ३२ करोड ५० लाख लगानी गरेको छ । त्यस्तै सहकारीका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले संस्थाको वार्षीक साधारण सभा भव्यताको साथ सम्पन्न भएको बताए । उनका अनुसार सहकारीको साधारण सभाको अवसरमा असल बचतकर्ता प्रकास भट्ट, उत्कृष्ट बचत ऋण कर्जा उपभोक्ता लक्ष्मी देवी चन्द, महेश जोशी, उत्कृष्ट कर्मचारी तुलसी कलौनी लगायतका सम्मान गरिएको छ ।
त्यस्तै उनले सहकारीले कोरोनाकालमा महाकाली अस्पतालाई ५१ हजार एक सयसहित अन्य सामाजिक क्षेत्रमा पनि सहयोग गरिएको बताए । सहकारीले बचत संकलन, ऋण लगानीसँगै बिउ उत्पादनसहित कृषी क्षेत्रको विकासमा समेत महत्वपुर्ण काम गदैँ आएको छ ।
नयाँ सञ्चालक समितिको अध्यक्षमाः भट्ट

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीको १२ औँ वार्षिक साधारण सभाबाट सञ्चालक समितिको अध्यक्षमा डम्बर दक्त भट्ट निर्विरोध चयन गरेको छ । त्यस्तै समितिको उपाध्यक्षमा पवनचन्द्र लेखक चयन भएका छन् । भने सञ्चालक समिति सदस्यमा गणेश प्रशाद भट्ट, नरेन्द्र बहादुर चन्द, डा.लक्ष्मण सिंह गठुन्ना, नन्दराम भाट, दिपकराज विष्ट, भागरथी चन्द बोहरा, प्रेमराज अर्याल, चाँदनी पन्त, तर्कराज भट्ट, जानकी पाण्डेय र भावना केसी चयन भएका छन् । त्यस्तै सचिवमा सहकारी कार्यकारी अधिकृतलाई सदस्य सचिवको जिम्मेवारी दिईएको छ । यस वर्षबाट सञ्चालक समितिको संरचनामा परिर्वतन गरिएको अधिकृत भाटको भनाई छ ।
त्यस्तै साधारण सभाले दुर्गादत्त भट्टको संयोजकत्वमा दुई सदस्यीय लेखा समिति चयन भएको छ जसमा चक्र बहादुर चन्द र उद्दव देव भट्ट सदस्यमा चयन भएका छन्

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?