दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा, फिल्डमै पुगेर जनगणना

असोज १६ काठमाडौं । मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बडेको केन्द्रिय तथ्याङ्क विभाग तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछाने जानकारी दिए ।

व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न विभागले घरदैलोमै पुग्ने छ, लामिछानेले बताए । यस अघिको तथ्याङ्कमा सातसय जना रहेको उक्त क्षेत्रमा हाल एक हजार जना पुगेको अनुमान विभागको छ । कालापानी र लिपुलेकलाई विवादास्पद भनेर हल्ला गरेपनि विभागले त्यसरी नलिएको र कुनै समस्या आए कुटनैतिक पहलबाट अथवा बैकल्पिक विधि अपनाएर पनि गणना गर्ने उनले बताए ।

विभागले तालिम दिएर आठ हजार सुपरभाइजरलाई गत भदौ ३० गतेबाट फिल्डमा पठाइसकेको छ । विभागले असोज १८ गते भित्र सम्पन्न गर्ने पहिलो चरणको घर सूचिकरणका काम सम्पन्न गर्ने कार्यतालिका बनाएको छ । विभागले छनौट भएका गणकहरुलाई कोभिड विरुद्धको खोप लगाइने र कात्तिक २५ मंसिर ९ गतेसम्म फिल्डमा खटाएर गणना सम्पन्न गर्ने विभागको कार्यक्रम रहेको जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?