
असोज ४ कंचनपुर ।नेकपा माओवादी निकट अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटिको अध्यक्षमा गणेश मिश्र चयन भएका छन । अखिल क्रान्तिकारी सुप विश्वविद्यालयको सोमबार कैलालीको धनगढीमा सम्पन्न भएको भेलाले अध्यक्षमा मिश्रलाई चयन गरेको हो । उपाध्यक्ष भुपेन्द्र रावल, धन बहादुर साउद, सचिव गणेश नेपाली, सह सचिव प्रेम परिवार, दिनेश शाही, कोषाध्यक्ष प्रतिभा साउद रहेका छन । अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटिको अध्यक्षमा गणेश मिश्रले सुप विश्वविद्यालयको बेथिति बिरुद्धमा संघर्ष गर्दै शैक्षिक विकासका लागि भूमिका निर्वाह गर्ने बताए ।
