पत्रकार, युवा उद्यमी र विद्यार्थीमाथि साँघात्मिक हमलागर्ने २जना पक्राउ

असोज  २कञ्चनपुर,
पत्रकार विमल धामी, युवा उद्यमी सन्देश पाण्डे र विद्यार्थी सतिश नेपालीमाथि साँघात्मिक हमला गर्ने गिरोहका २ जनालाई बेलडाँडी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलडाँडी २ चवन्नी बजारका १८ बर्षीय पारस खत्री र सोही ठाउँका १९ बर्षीय रवि खत्री रहेको इलाका प्रहरी का सई शिव दत्त पन्तले जानकारी ष्दिए ।
शुक्रबार साँझ चवन्नी बजारमा सुरेश खत्री सहितको गिरोहले शुरुमा विद्यार्थी सतिश नेपाली, त्यसपछि क्रमिक रुपमा युवा उद्यमी सन्देश पाण्डे र पत्रकार विमल धामीमाथि साँघात्मिक हमला गरेर कुटपिट गरेर फरार भएका थिए ।
बेलडाँडीका किशोर एव विद्यार्थी नेपालीमाथि कुटपिट गरिरहेका बेला युवा उद्यमीले यसरी निर्धात किन ? कुटपिट गरेका छौँ । भनेर सम्झाई बुझाई गर्ने क्रममा युवा उद्यमी पाण्डको टाउको फुटाएर भागेको गिरोहसंग घटना बारे सोधपुछ गर्दा पत्रकार धामीमाथि समेत हमला गरि खत्रीको गिरोह भागेका थिए ।

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पत्रकार धामीमाथि कुटपिट गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारेको छ । पत्रकार महासंघले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै बेलडाँडी पोष्टका सह सम्पादक तथा पत्रकार महासंघका निर्वतमान सदस्य धामी सहितमाथि भएको साँघात्मिक हमलाको भर्त्सना गरेको छ । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले हस्ताक्षर गरेको विज्ञप्तीमा घाईते पत्रकारको शिघ्र लाभको कामना गरेको छ । खक्री गिरोहको आर्त्रमणमा परी पत्रकार धामी, युवा उद्यमी पाण्डे र विद्यार्थी नेपाली घाईते भएका थिए । घाईते पत्रकार र युवा उद्यमी उपचारपछि घर फर्किएपनि विद्यार्थी नेपालीको भने कैलालीको सारथी अस्पतालमा उपचार भईरहेको छ । गाँउमा आतङक मच्चाउने र विद्यार्थीदेखि पत्रकारमाथि हमला गर्ने गिरोहमाथि कार्बाही नगरि स्थानीयले प्रहरी बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?