अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा गिरी

भदौ ३१ कञ्चनपुर,
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा कैलाशचन्द्र गिरी सर्वसम्मत चयन भएका छन ।
बुधबार महेन्द्रनगरमा सम्पन्न भएको अखिल क्रान्तिकारी कञ्चनपुरको १३औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा गिरी सर्वसम्मत भएका हुन । गिरीको अध्यक्षतामा १३ कार्यालय सदस्य र ६५ जिल्ला सदस्य चयन गरिएको क्रान्तिकारी नेता दिपकराज अवस्थीले बताए । उनका अनुसार कार्यालय सदस्य तर्फ प्रेम रावल, किशोर भट्ट, तिलम माल, भुवन विष्ट, शुनिल सेटी, सुरेश भट्ट, दिपकराज अवस्थी, डम्बर कुँवर, दल ब. धामी, रेशम चौधरी, लाल बहादुर विक सहित रहेका छन ।
अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा चयन भएका विद्यार्थी नेताले विद्यार्थीको हक हितका साथै जिल्लाको शैक्षिक सुधारका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । झण्डै एक दशक बढि समयदेखि क्रान्तिकारी विद्यार्थी आन्दोलनमा होमिएका नेता गिरीले संगठनले दिएको जिम्मेबारी निर्भिकतामा साथ पुरा गर्ने प्रण गरेका छन ।
अखिल क्रान्तिकारी कञ्चनपुरका निर्वतमान अध्यक्ष बिरेन्द्र राज विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका इन्चार्ज खगराज भट्ट(बिनोद) प्रमुख अतिथि रहेका थिए, क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सुरेन्द् बस्नेत, क्रान्तिकारीका केन्द्रीय सदस्य भीम भट्ट सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?