अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालयको अध्यक्षमा अवस्थी

भदौँ २७ कंचनपुर
अवस्थीमाओवादी केन्द्र्र निकट अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालयको अध्यक्षमा हेमराज अवस्थी चयन भएका छन । आइतबार क्रान्तिकारी सुप विश्वविद्यालय इकाई भेलाले अध्यक्षमा अवस्थीलाई सर्वसम्मतबाट चयन गरेको हो । अवस्थीको अध्यक्षतामा ३५ सदस्यीय अखिल क्रान्तिकारी सुप विश्वविद्यालय इकाई कमिटि विस्तार भएको छ ।
उपाध्यक्ष राधा भट्ट, राजिव दमाई, बिनोद बहादुर चन्द, सचिव विजय विष्ट, सह सचिव जगदिश नाथ अर्जुन ठकुराठी, सुरेन्द्र ओखेडा, मनिषा विक र कोषाध्यक्षमा पूर्ण रावत रहेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले पालिका सहित विश्वविद्यालयमा समेत संगठन विस्तार भएको बताए । सुप विश्वविद्यालयको इन्चार्जमा विद्यार्थी नेता गणेश मिश्र र सह इन्चार्जमा प्रेम परियारलाई समेत चयन गरिएको छ ।
अखिल क्रान्तिकारी सुप विश्वविद्यालय इकाई अध्यक्षमा चयन भएका विद्यार्थी नेता हेमराज अवस्थीले विश्वविद्यालयका शैक्षिक विकृती बिरुद्धमा संघर्षका साथै विद्यार्थीको हकहितका लागि काम गर्ने प्रण गरेका छन । सम्मेलनमा क्रान्तिकारीका केन्द्रीय नेता भीम भट्ट सहितको सहभागिता रहेको थियो ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?