अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालयको अध्यक्षमा अवस्थी

भदौँ २७ कंचनपुर
अवस्थीमाओवादी केन्द्र्र निकट अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालयको अध्यक्षमा हेमराज अवस्थी चयन भएका छन । आइतबार क्रान्तिकारी सुप विश्वविद्यालय इकाई भेलाले अध्यक्षमा अवस्थीलाई सर्वसम्मतबाट चयन गरेको हो । अवस्थीको अध्यक्षतामा ३५ सदस्यीय अखिल क्रान्तिकारी सुप विश्वविद्यालय इकाई कमिटि विस्तार भएको छ ।
उपाध्यक्ष राधा भट्ट, राजिव दमाई, बिनोद बहादुर चन्द, सचिव विजय विष्ट, सह सचिव जगदिश नाथ अर्जुन ठकुराठी, सुरेन्द्र ओखेडा, मनिषा विक र कोषाध्यक्षमा पूर्ण रावत रहेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले पालिका सहित विश्वविद्यालयमा समेत संगठन विस्तार भएको बताए । सुप विश्वविद्यालयको इन्चार्जमा विद्यार्थी नेता गणेश मिश्र र सह इन्चार्जमा प्रेम परियारलाई समेत चयन गरिएको छ ।
अखिल क्रान्तिकारी सुप विश्वविद्यालय इकाई अध्यक्षमा चयन भएका विद्यार्थी नेता हेमराज अवस्थीले विश्वविद्यालयका शैक्षिक विकृती बिरुद्धमा संघर्षका साथै विद्यार्थीको हकहितका लागि काम गर्ने प्रण गरेका छन । सम्मेलनमा क्रान्तिकारीका केन्द्रीय नेता भीम भट्ट सहितको सहभागिता रहेको थियो ।

ताजा खबर

प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्षमा अरुण भट्ट

केशव थापा कञ्चनपुर, माघ ८ प्रेस सेन्टर नेपाल कञ्चनपुरको...

भदौँमा महाकाली पुलको तटबन्ध भत्कियो, माघमा मन्त्री द्वारा अनुगमन

कञ्चनपुर -गत भदौँ महाकाली नदीमा आएको वाढीले कञ्चनपुर स्थित...

प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपका लागी खेलाडि छनौट शुरु

कञ्चनपुर ०१ माघ,  प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपका लागी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?