नेकपा एकिकृत समाजवादी पाटी कञ्चनपुरको पहिलो बैठक नेताहरुलाई जिम्मेबारी तोकियो

भदौ २५,कञ्चनपुर,
नेकपा एमाले पार्टीबाट फुटेर बनेको नेकपा एकिकृत समाजवादी पार्टी कञ्चनपुरको पहिलो बैठक सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगरमा समाजवादीको पहिलो जिल्ला कमिटिको बैठक सम्पन्न भएको हो । पुर्व नेपाल पक्षीय नेकपा एमाले समानान्तर कमिटि स्वत नेकपा एकिकृत समाजवादी पार्टीमा परिणत भएको घोषणा गरेका नेताहरुले बताएका छन । नेकपा एकिकृत पार्टी कञ्चनपुरको अध्यक्ष पनि तालारामा तामाङ्ग नै बनेका छन । तामाङ्गकै अध्यक्षतामा बसेको बैठकमा नेकपा एकिकृत समाजवादी पार्टी कञ्चनपुरका नेता हरक सिह धामीले स्वागत मन्तव्य राख्दै नेकपा एकिकृत पार्टीको घोषणा पत्र प्रस्तुत गर्दै पार्टी फुटको कारण ओली प्रवृति भएको बताएका छन ।
समाजवादी पार्टी कञ्चनपुरका नेता धामीका अनुसार बैठकले अभियान संचालनदेखि नेताहरुलाई जिल्ला सम्मेलन गर्नका लागि जिम्मेबारी दिईएको छ । ‘अहिले हामीले वडादेखि जिल्लासम्म अभियान संचालन गछौँ, ‘उनले भने, ‘त्यसका लागि क्षेत्र, पालिका स्तर, जनबर्गिय संगठनमा जिम्मेबारी दिएका छौँ ।’ नेकपा समाजवादीका उपाध्यक्ष जिवनराज थापालाई जिल्लाका तीनै निर्वाचन क्षेत्रको संयोजनको जिम्मेबारी दिईएको छ ।
क्षेत्र १ मा प्रदेश सभा सदस्य कुलबिर चौधरी, २ मा समाजिक विकासमन्त्री समेत रहेका प्रदेश सभा सदस्य लाल बहादुर खडका, ३ मा पुर्वराज्यमन्त्री समेत रहेका प्रकास रावललाई संयोजक गर्ने जिम्मेबारी दिएमको समाजवादी पार्टीका नेता धामीले बताए । युवा र विद्यार्थीको सचिव रण बहादुर महरा र उपसचिव रविन्द्र कुत्वरलाई संयोजनको जिम्मेबारी दिईएको छ ।
पालिका स्तरमा समेत संयोजनको जिम्मेबारी दिईएको छ । बेलडाँडीमा बिर बहादुर विष्ट, बेलौरीमा लाल बहादुर खडका÷हिरामान श्रेष्ठ, पूनर्वासमा स्थिर प्रशाद घिमिरे, कृष्णपुरमा सुरेन्द्र बम, शुक्लाफाँटामा रन बहादुर सुनार, बेदकोटमा सुरेन्द्र केसी, भीमदत्त नगरमा प्रताव तिरुवालाई जिम्मेबारी दिईएको छ । डेढ महिने संगठन विस्तार अभियान संचालन गरेर वडा,पालिका, क्षेत्र सम्मेलन गरेर जिल्ला भेला गर्ने बताए । नेकपा एकिकृत समाजवादी पार्टी कञ्चनपुरका युवा विद्यार्थी नेता प्रज्वल कुँवरले पार्टीको पहिलो बैठकमै युवादेखि सबै नेता गणहरु उत्साहित भएको बताए ।
बैठकका प्रमुख अथिति नेकपा समाजवादीका केन्द्रीय सदस्य र बिशिष्ठ अथिति केन्द्रीय सदस्य उर्वादत्त पन्तले पार्टी बिद्रोह बारे नेता कार्यकर्ताहरुलाई जानकारी दिदै अबको यात्रा समाजवादको भएकाले एक ढिक्का भएर समाजवादको यात्रामा होमिन नेता कार्यकर्ताहरुलाई आब्हान गरेका छन ।

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?