नेकपा एकिकृत समाजवादी पाटी कञ्चनपुरको पहिलो बैठक नेताहरुलाई जिम्मेबारी तोकियो

भदौ २५,कञ्चनपुर,
नेकपा एमाले पार्टीबाट फुटेर बनेको नेकपा एकिकृत समाजवादी पार्टी कञ्चनपुरको पहिलो बैठक सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगरमा समाजवादीको पहिलो जिल्ला कमिटिको बैठक सम्पन्न भएको हो । पुर्व नेपाल पक्षीय नेकपा एमाले समानान्तर कमिटि स्वत नेकपा एकिकृत समाजवादी पार्टीमा परिणत भएको घोषणा गरेका नेताहरुले बताएका छन । नेकपा एकिकृत पार्टी कञ्चनपुरको अध्यक्ष पनि तालारामा तामाङ्ग नै बनेका छन । तामाङ्गकै अध्यक्षतामा बसेको बैठकमा नेकपा एकिकृत समाजवादी पार्टी कञ्चनपुरका नेता हरक सिह धामीले स्वागत मन्तव्य राख्दै नेकपा एकिकृत पार्टीको घोषणा पत्र प्रस्तुत गर्दै पार्टी फुटको कारण ओली प्रवृति भएको बताएका छन ।
समाजवादी पार्टी कञ्चनपुरका नेता धामीका अनुसार बैठकले अभियान संचालनदेखि नेताहरुलाई जिल्ला सम्मेलन गर्नका लागि जिम्मेबारी दिईएको छ । ‘अहिले हामीले वडादेखि जिल्लासम्म अभियान संचालन गछौँ, ‘उनले भने, ‘त्यसका लागि क्षेत्र, पालिका स्तर, जनबर्गिय संगठनमा जिम्मेबारी दिएका छौँ ।’ नेकपा समाजवादीका उपाध्यक्ष जिवनराज थापालाई जिल्लाका तीनै निर्वाचन क्षेत्रको संयोजनको जिम्मेबारी दिईएको छ ।
क्षेत्र १ मा प्रदेश सभा सदस्य कुलबिर चौधरी, २ मा समाजिक विकासमन्त्री समेत रहेका प्रदेश सभा सदस्य लाल बहादुर खडका, ३ मा पुर्वराज्यमन्त्री समेत रहेका प्रकास रावललाई संयोजक गर्ने जिम्मेबारी दिएमको समाजवादी पार्टीका नेता धामीले बताए । युवा र विद्यार्थीको सचिव रण बहादुर महरा र उपसचिव रविन्द्र कुत्वरलाई संयोजनको जिम्मेबारी दिईएको छ ।
पालिका स्तरमा समेत संयोजनको जिम्मेबारी दिईएको छ । बेलडाँडीमा बिर बहादुर विष्ट, बेलौरीमा लाल बहादुर खडका÷हिरामान श्रेष्ठ, पूनर्वासमा स्थिर प्रशाद घिमिरे, कृष्णपुरमा सुरेन्द्र बम, शुक्लाफाँटामा रन बहादुर सुनार, बेदकोटमा सुरेन्द्र केसी, भीमदत्त नगरमा प्रताव तिरुवालाई जिम्मेबारी दिईएको छ । डेढ महिने संगठन विस्तार अभियान संचालन गरेर वडा,पालिका, क्षेत्र सम्मेलन गरेर जिल्ला भेला गर्ने बताए । नेकपा एकिकृत समाजवादी पार्टी कञ्चनपुरका युवा विद्यार्थी नेता प्रज्वल कुँवरले पार्टीको पहिलो बैठकमै युवादेखि सबै नेता गणहरु उत्साहित भएको बताए ।
बैठकका प्रमुख अथिति नेकपा समाजवादीका केन्द्रीय सदस्य र बिशिष्ठ अथिति केन्द्रीय सदस्य उर्वादत्त पन्तले पार्टी बिद्रोह बारे नेता कार्यकर्ताहरुलाई जानकारी दिदै अबको यात्रा समाजवादको भएकाले एक ढिक्का भएर समाजवादको यात्रामा होमिन नेता कार्यकर्ताहरुलाई आब्हान गरेका छन ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?