क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गैर कानूनी

 भदौ २४  काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गैह्रकानूनी ठहर गर्दै यस्तो कार्य गर्ने/ गराउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक राम पौडेलले बिहीबार सूचना जारी गर्दै क्रिप्टोकरेन्सी कारोबार, प्रयोग र यसको माइनिङ जस्ता कार्य गैह्रकानूनी भएको भन्‍दै कारोबार नगर्न/नगराउन सचेत गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग, माइनिङ गैर कानूनी रहेकाले यस्ता प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ सम्‍बन्धी कार्य नगर्नु/नगराउनु हुने विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको छ।’

बैंकले त्यस्तो कारोबारबाट सर्वसाधारणहरु ठगिएको तथा ठगिन सक्ने देखिएकाले उक्त कारोबारमा गरे/गराएको पाइएमा कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?