काँग्रेस युवा नेता विक्रम चन्द काँग्रेस बेलौरीको नगर सभापतिको यात्रामा

भदौ २४ कञ्चनपुर  नेपाली काँग्रेसको आशन्न महाधिवेशनको तयारी स्वरुप आगामी आईतबार हुन लागेको काँग्रेस नगरको सम्मेलनका लागि बेलौरीमा युवा समेत नगर सभापतिको उम्मेदवार भएका छन ।

नेपाली काँग्रेस बेलौरी नगरपालिका नगरको सभापतिका लागि काँग्रेस युवा नेता विक्रम चन्द देखिएका छन । उनले उम्मेदवारी घोषणा गरेर नगर सभापतिको तयारीमा जुटेका हुन । बेलौरी नगरपालिका १कञ्चनपुरका स्थानीय चन्द झण्डै डेढ दशकदेखि काँग्रेस राजनीतिमा सकृय छन ।

०६२ सालतिर जनता बहुमुखी क्याम्पस पूनर्वास नेवि संघ इकाई कमिटिबाट राजनीतिक यात्रामा होमिएका चन्द, साविक लक्ष्मीपुर गाविसको सचिव हुँदै अहिले काँग्रेस बेलौरीको नगर सचिव पदमा कार्यरत छन । दक्षिणी क्षेत्र युवा तथा किसानका भरोसाका केन्द्र बिन्दु चन्दले यस पटक नगर सभापतिको यात्रा तय गरेका हुन । साथिभाई तथा पार्टी नेता कार्यकर्ताको उत्प्रेरणाले उनले काँग्रेस बेलौरीको नगर सभापतिको यात्रा तय गरेर भेटघाटमा व्यस्त रहेका छन । काँग्रेसको विभिन्न आन्दोलनमा उनी अग्रमोर्चामा रहेर काम गरेका छन ।

युवा, समाजिक, किसानको न्याय एव राष्ट्रियताको आन्दोलनमा समेत होमिएको उनी ०७४मा सम्पन्न भएको स्ववियू निर्वाचन र खानेपानीमन्त्री बिना मगरलाई कालो झण्डा देखाउने क्रममा घाईते तथा् प्रहरी हिरासतमा बसेका थिए । युवा उद्यमी समेत रहेका चन्द उखु किसान हुन । उनले उखु किसानको हकहितका लागि बेलौरी, पूनर्वासका किसानका मुद्दा उठान गर्दै आएका छन । युवा पिँढीका ढुकढुकी चन्दले राष्ट्रियताका विषयमा समेत आवाज उठाउँदै आएका छन ।

बेलौरी सीमा क्षेत्र भएकाले थुप्रै सीमा समस्यामा उनले चासो दिदै निकासका लागि सम्बन्धीत निकाय घचघच्याउँदै आएका छन । ‘मेरो उम्मेदवारी पार्टीलाई एक ढिक्का र जनताको हितकै लागि हुन्छ, ‘उनले भने, ‘दक्षिणी क्षेत्रका जनता र पार्टीका नेता कार्यकर्ताको हितमा काम गर्नुपर्छ ।’ युवा नेता चन्दले काँग्रेस बेलौरीको नगर सभापतिमा निर्वाचित भएसंगै समग्र नगरको विकास एव जनताको हितमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?