बेलडाँडीका भट्ट परिवारविच कुटपिट प्रकरण प्रहरीले कुटपिट गर्नेमाथि कार्बाही नगरेको गुनासो

भदौँ२३, कंचनपुर ।
कञ्चनपुरको बेलडाँडीमा जमिन उपभोगको विषयलाई लिएर एक भट्ट परिवारविच बेला बेलामा कुटपिट तथा विवाद हुँदै आएको छ । बेलडाँडी गाँउपालिका २ चवन्नी बजारमा रहेको आफ्नो जमिनमा जाँदा ठुलबाबु कृष्णदत्त भट्ट सहितले आफुहरुमाथि कुटपिट गरेको भन्दै कृष्णदत्तका कान्छा भाई लक्ष्मीदत्त भट्टका छोराहरु हरिसराज÷सुरेशले दुखेसो पोखेका छन । उनीहरुले वडा, स्थानीय, प्रदेश देखि केन्द्र सरकारी निकायमा जाँदा समेत कुटपिट गर्नेमाथि कार्बाही नभएको बताए । बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै हरिशराज÷सुरेशले आफुहरुमाथि कुटपिट गर्ने कृष्णदत्त भट्ट, शुनिल भट्ट, दिपक भट्ट, पार्वती, बासुदेवी र गंगादेवीमाथि कार्बाही गर्न बेलडाँडी प्रहरीले आलटाल गरिएको दुखेसो पोखेका छन । हरिसराज÷सुरेशले आफ्नो जमिन र घर उपभोग गर्दा दादागिरीशैलीमा ठुलबाबु कृष्णदत्तले ग्याङ पठाएर दाजु गणेश माथि गत बर्ष कुटपिट गरेर यस बर्ष आफुहरुमाथि कुटपिट गरेको बताएका छन । उनीहरुले ज्यान लिने हिसाबले आफ्नै जमिन घर अगाडी कुटपिट हुँदा समेत प्रहरीले दोषिमाथि कार्बाही नगरेको बताएका छन । गत साउनमा कुटपिट भएको घटना दुई महिना वितिसक्दा पनि प्रहरीले कुटपिटमा संलग्नमाथि कार्बाही नचलाएको बताएका छन । ‘सबै सबै निकायमा पुगिसके, तर न्याय पाएका छैनौँ, ‘उनले भने, ‘बाबुको पैतिक सम्पतीमा ठुलाबाबुको राज गरिरहेका छन ।’ कुटपिट घटनालाई उनीहरुले ईप्रका बेलडाँडीमा अभ्रद अन्र्तरगत दायर गरेका थिए । ईलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज रविन्द्र कठायतले कुटपिटमा संलग्न कृष्ण र शुशिल माथि कार्बाही चलाएर १०÷१०हजार धरौटीमा रिहा भएको बताए । उनले दिपक फरार रहेकाले खोजि कार्य भईरहेको र अन्य जेष्ठ नागरिक र गर्भवती भएकाले उक्त सम्वेदनशिलतालाई मध्य नजर गर्दै आवश्यक परेका बखत ल्याईने बताए । दुवै परिवार विच जमिनको विवादले एक आपसमा कुटपिट गर्ने अनि दोषभरी प्रहरीलाई दिएको उनको दुखेसो छ ।

ताजा खबर

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीलाई झोला वितरण

कञ्चनपुर ११ असार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३...

वेदकोट नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोडभन्दा बढीको बजेट सार्वजनिक

कञ्चनपुर १० असार कञ्चनपुरको वेदकोट नगरपालिकाले १९ औँ नगरसभा सम्पन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?